मंगन जिल्लामा पोलिङ अधिकारीहलाई दिइय़ो प्रशिक्षण

IMG-20221103-WA0301.jpg

गान्तोक: आगामी १० नोभेम्बरमा सम्पन्न हुने पञ्चायत चुनाउलाई मध्य नजर राख्दै राज्य चुनाउ आयोगको पहलमा मंगन जिल्लाको पेन्टोकस्थित जिल्ला भवनमा पोलिङ अधिकारीहरूको निम्ति प्रशिक्षण कार्यक्रम आयोजना गरियो। उक्त प्रशिक्षण कार्यक्रममलाई दुई चरणमा विभाजन गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एआरओ तेञ्जिङ डेञ्जोङपाले पोलिङ अधिकारीहरूको भूमिका र जिम्मेवारीबारे विस्तृतरूपमा अवगत गराए।उनले पोलिङ अधिकारीहरूलाई आफ्नो कर्तव्य निष्ठवानपूर्वक पालन गर्नुपर्ने आग्रह गरे। सोही प्रकारले नोडल अफिसर पाल्देन नर्बु लाचुङपालेले दुवै सत्रमा पोलिङ अधिकारीहरूको जिम्मेवारी र भूमिकाबारे जानकारी गराए। यसरी नै इभीएम चलाउने विधिबारे पनि अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement