एसयुका विद्यार्थीहरूलाई लिएर केभीकेमा सचेतना कार्यक्रम सम्पन्न

img_1_1667500068713.jpg

गान्तोक: दक्षिण जिल्लाको कृषि विज्ञान केन्द्रको पहलमा सिक्किम विश्वविद्यालयका जुलोजी विभागमा अध्ययनरत विद्यार्थीहरूलाई लिएर विशेष, अभियान २.० अन्तर्गत स्वच्छता अभियान अन्तर्गत सचेतना कार्यक्रम आयोजना गरियो। यस अवसरमा कूल ८९ जना विद्यार्थी, विभागका प्रमुख सहित दुई जना सहप्रध्यापकले सहभागिता जनाएका थिए। कार्यक्रममा विभिन्न विषय जस्तै स्वच्छता, सर-सफाईमाथि जानकारी गराइयो। कार्यक्रममा कृषि विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक इन्द्र प्रसाद शिवकोटीले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा विभिन्न विषयबस्तुमाथि विस्तृतरूपमा अवगत गराए। सोही प्रकारले विशेषज्ञ प्रवेश शिवकोटीलेले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा विद्यार्थीहरूको फाइदा र राम्रो प्राविधिक ज्ञानको लागि कीट र रोग व्यवस्थापन जैविक नियन्त्रणबारे जानकारी गराए। यसरी नै अन्यहरूले पनि विभिन्न विषयमाथि पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा विद्यार्थीहरूलाई सचेत गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *