सिक्किमका बक्सरहरूले तीन रजत अनि पाँच कास्य पदक जिते

IMG_20221103_224635.jpg

गान्तोक: अरूणाचल प्रदेशको धिराङमा आयोजित प्रथम उत्तर पूर्वीय जोनल सब्-जुनियर बोइज एण्ड गर्ल्स बक्सिङ च्याम्पियनशिपमा सिक्किमका बक्सरहरूले तीन रजत अनि पाँच कास्य पदक जितेका छन्। उक्त प्रतियोगिता २७ देखि ३० अक्टोबरसम्म आयोजन भएको थियो।
बक्सरहरूको सम्मानमा सिक्किम अमेचुर बक्सिङ एसोसिएशनले पाल्जोर स्टेडियममा एक कार्यक्रम आयोजन गऱ्यो। यस अवसरमा राज्य खेल एवं युवा मामिला विभागका सचिव राजु बस्नेतले उक्त प्रतियोगिताका विजेताहरूलाई सम्मानित गरे। उनले खेलाड़ीहरूको उपलब्धीको सराहना गरे भने प्रशिक्षकहरूको समर्पित प्रयासको सराहना गरे। उनले प्रतिभाहरूलाई अगाडि बढाउन अभिभावक र प्रशिक्षकहरूको भूमिकामाथि पनि प्रकाश पारे।
उक्त प्रतियोगितामा अश्विनी कुमार सापकोटा, करूणा छेत्री र हरि सुन्दासले रजत पदक जितेका छन्। यसै गरी, युग शर्मा, गीडन भूजेल, सागर राई, दीक्षा सुनार र प्रियंका कुमारीले कास्य पदक जितेका छन्। उक्त प्रतियोगितामा सिक्किमबाट १४ सदस्यीय टोलीले भाग लिएको थियो। एसोसिएशनका अध्यक्ष अर्जुन अवार्डी जसलाल प्रधानले मुख्यमन्त्री प्रेमसिंह तामाङ र खेल मन्त्री केएन लेप्चालाई निरन्तर सहयोगका लागि धन्यवाद दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *