भ्रष्टाचार मुक्त भारत विकास निर्माणलाई लिएर एनएचपीसीमा साप्ताहिक कार्यक्रम सम्पन्न

IMG-20221102-WA0287.jpg

मङ्पु: भ्रष्टाचार मुक्त भारत विकास निर्माणलाई लिएर एनएचपीसीमा साप्ताहिक कार्यक्रम सम्पन्न भएको छ। टिस्टा जलविद्युत परियोजना चरण चार कालीझोडा एनएचपीसीमा भ्रष्टाचारमुक्त भारत निर्माण हेतु सचेतनामूलक कार्यक्रम प्रमुख अतिथि अभियन्ता प्रभारी एके ग्रोबरको उपस्थितिमा सप्पन्न भयो।समारोहमा एनएचपीसीलाई पनि भ्रष्टाचारमुक्त बनाउने सबै अधिकारी अनि कर्मचारीवर्गले प्रण गरेका छन्। कार्यक्रममा एनएचपीसी चरण तीनका अधिकारी एल जिङगल, एनएचपीसी चरण चारका अधिकारी एसएच लेप्चा, नुरुल हशन मलिक अनि एनएचपीसीमा सम्पूर्ण अधिकारीगण उपस्थित रहेका थिए। यसरी नै आगामी ४ नोभेम्बरको दिन एनएचपीसी चरण तीनमा पनि भ्रष्टाचारमुक्त अभियानलाई लिएर साप्ताहिक कार्यक्रम सप्पन्न हुने भएको छ। एनएचपीसी प्रमुख अभियन्त प्रभारी ए.के ग्रोबरले भ्रष्टाचार एक बिरामी हो र भ्रष्टचारले कुनै पनि देशको विकासको निम्ति ठूलो बाधा हुनसक्छ र भ्रष्टाचारमुक्त भारतको निर्माण गर्न एनएचपीमा जहिले पनि अग्रिम पंक्तिमा अघि आएर कार्य गर्ने बताउँदै एनएचपीसीलाई भ्रष्टाचारमुक्त राख्ने कुरा अभियन्ता प्रभारी एके ग्रोबरले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement