कालेबुङमा भाजपाको जिल्ला स्तरीय सभा सम्पन्न

IMG-20221102-WA0290.jpg

कालेबुङ: भाजपा दार्जिलिङ जिल्ला समितिको एक जिल्ला स्तरीय कार्यकारी सभा कालेबुङ बजारस्थित एक होटलमा सम्पन्न भएको छ।
राज्य तथा जिल्ला स्तरीय भाजपा प्रतिनिधिहरूको उपस्थितिमा सभामा पार्टीको संविधान अन्तर्गत सांगठनिक संरचना सुदृडीकरण विषयमा चर्चा गरिएको जानकारी प्राप्त भएको छ।

भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानको सभापतित्वमा बसेको उक्त सभामा जिल्ला समिति पदाधिकारी, जिल्लाका ४७ विभिन्न मण्डलका अध्यक्षहरू अनि विभिन्न मोर्चाका जिल्ला स्तरीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

आजको सभामा राज्य सचिव तथा मालदाका विधायक गोपालचन्द्र शाह, दार्जिलिङ जिल्ला प्रभारी अरुण मण्डल, राज्य समिति सदस्य बीएल राई तथा अन्यान्य उपस्थित रहेका थिए।

About Author

Advertisement