२ नोभेम्बरः नव मिलन परिवार, धोतरिया बालासन पुल बजारको तत्त्वावधानमा आयोजित बालासन कप फूटबल टुर्नामेण्टमा पहिलो राउण्डका म्याचहरू समाप्त भइसकेको छ। आयोजकहरूले टुर्नामेण्टको दोस्रो राउण्डदेखि फाइनलसम्मको क्रीड़ासूची प्रकाशित गरेका छन्। आउँदो ६ नोभेम्बरको दिन दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र १५ जनवरी २०२३-मा खेलिनेछ। यसरी नै फाइनल २२ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।