गान्तोक: आज सिक्किमका राज्यपाल गंगा प्रसादसॅंग सीमा सड़क संगठन (बीआरओ) का उप-महानिदेशक पीकेएच सिंहले राजभवन परिसरमा शिष्टाचार भेट गरे। भेट अवधि उप-महानिदेशकसॅंग सीमा सड़क संगठनका अन्य अधिकारीहरू पनि उपस्थित थिए।
राज्यपाल र उप-महानिदेशकबिच सीमा सड़क सुरक्षा विषय चर्चा गरियो। राज्यपालले सीमा सड़क संगठनले गरेका कार्यहरूको सराहना गर्दै भने, सिक्किम संवेदनशील सीमावर्ती राज्य हो, यस कारण राष्ट्रिय सुरक्षाको दृष्टिले सड़कको राम्रो रखरखाउ आवश्यक छ।
उप-महानिदेशकले सादर आतिथ्य सत्कारको निम्ति राज्यपालप्रति आभार व्यक्त गर्दै उनको उत्तम स्वास्थ्यको कामना गरे।