एकदिवसीय जागरूकता कार्यक्रम

IMG_20221101_210039.jpg

गान्तोक: सोमवार राभाङलामा सिक्किम राज्य महिला आयोगले केन्द्रिय कानून एवं न्याय मन्त्रालय अधीनस्थ न्याय विभागको संयुक्त तत्वावधानमा एकदिवसीय जागरूकता कार्यक्रम आयोजन गऱ्यो। लैङ्गिक मामिला विषय आयोजित कार्यक्रममा आयोगकी सदस्या टेनी डोमा भोटिया मुख्य अतिथि थिइन्। कार्यक्रममा राभाङलाका २१ स्वयं सहायता समूहका सदस्यहरू लाभार्थीका रूपमा उपस्थित थिए। यसै गरी, कार्यक्रममा स्रोतवक्ताका रूपमा प्यारालिगल एडभोकेट एरोमीना लेप्चा, बाल कल्याण कमिटीकी सदस्या नीलम सुब्बा र वरिष्ठ पत्रकार कविता सुब्बा उपस्थित थिए।
मुख्य अतिथि भोटियाले महिला र बाल विरूद्ध हिंसालाई बुझ्नु अनि यसको रोकथामको निम्ति पहल गर्नु आवश्यक रहेको बताइन्। स्रोतवक्ताहरूले घरेलू हिंसा अधिनियम, पोक्सो अधिनियम तथा महिला र बाल विरूद्ध हिंसा रोकथाममा पत्रकारिताको भूमिकामाथि प्रकाश पारे।

About Author

Advertisement