खरसाङ: बाल विवाहमुक्त भारत अभियान अन्तर्गत खरसाङमा ‘अन्तर्राष्ट्रिय बाल विवाह प्रारम्भिक तथा जबरजस्ती विवाह उन्मूलन दिवस’ को अवसरमा विभिन्न सचेतना कार्यक्रम सम्पन्न भएको छ। खरसाङ महकुमा कार्यालयको आयोजनामा तथा आँगनवाडी प्रतिनिधिहरु र विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको छ। खरसाङको रेलवे परिसरमा सम्पन्न उक्त कार्यक्रममा बाल विवाहमुक्त भारत अभियान अन्तर्गत प्रथममा सचेतना ऱ्यालीको आयोजना गरिएको थियो। उक्त सचेतना ऱ्याली खरसाङको मोटर स्ट्याण्डबाट शुरु भएर अस्पताल मोड हुँदै वर्ध्दमान रोड भएर पुनः मोटर स्ट्याण्ड र रेलवे स्टेशन परिसरमा आएर विभिन्न सचेतना कार्यक्रममा परिणत भएको छ। यस अवसरमा बाल विवाहमुक्त भारत अभियान र ‘अन्तर्राष्ट्रिय बाल विवाह प्रारम्भिक तथा जबरजस्ती विवाह उन्मूलन दिवस’ को अवसरमा सचेतना नाटक प्रदर्शन गरिएको थियो भने विद्यार्थीहरुलाई लिएर चित्र बनाऊ प्रतियोगिता पनि आयोजना गरिएको थियो।

यस कार्यक्रममा बाल विवाहको विरोधमा जनचेतना फैलाउन विभिन्न सचेतना कार्यक्रम आयोजना गरिएको थियो। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आँगनवाडी प्रतिनिधिहरुको पक्षमा सीडीपीओ केएल शेर्पाले बाल विवाहमुक्त भारत अभियान अन्तर्गत खरसाङमा ‘अन्तर्राष्ट्रिय बाल विवाह प्रारम्भिक तथा जबरजस्ती विवाह उन्मूलन दिवस’ को अवसरमा विभिन्न सचेतना कार्यक्रम आयोजना गरिएको जानकारी गराएकी छन्। उनले यो दिवस प्रत्येक वर्ष २७ नोभेम्बरको दिन आयोजना गरिने भएको जानकारी गराउँदै यस अवसरमा आँगनवाडी प्रतिनिधिहरुले सहभागिता रहेको र यस अवसरमा बाल विवाहको विरोधमा जनचेतना फैलाउन प्रयास गरिएको जानकारी गराएकी छन्।





