भारतीय भूतपूर्व सैनिक संघ खरसाङ एकाईको सभा सम्पन्न

e4c9fec6-2618-4a4b-8947-26997eace682

खरसाङ: भारतीय भूतपूर्व सैनिक संघ खरसाङ एकाईको सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ एकाईको कार्यालयमा कार्यकारी सदस्यहरुका विशेष उपस्थितिमा अवकाशप्राप्त क्याप्टन आईडी थापाको अध्यक्षतामा र खरसाङ एकाईका सचिव पुरण थापाको सञ्चालनमा सम्पन्न भएको छ। सभामा उप सभापतिहरु कुमार भुजेल, परशुराम शर्मा, बिमार प्रधान, जीवन छेत्री, फुर्वा शेर्पा लगायत कार्यकारी सदस्यहरु उपस्थित रहेका थिए। सभामा खरसाङ एकाई लगायत मार्गरेट्स होप र रोहिणी क्षेत्रबाट पनि तीन तीनजना प्रतिनिधिहरु उपस्थित रहेका थिए भने सभामा जम्मा ४२ जनाको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ। सभामा विशेष गरेर भारतीय भूतपूर्व सैनिक संघ खरसाङ एकाईको वार्षिक आम सभा विषयमा चर्चा परिचर्चा गरिएको थियो भने जीवन प्रमाण पत्र, शहीद स्मारक निर्माण विषयमा साथै वनभोज कार्यक्रम आयोजना गरिने विषय र संघको वार्षिक आय व्ययको हर हिसाब गरिने विषयमा पनि चर्चा परिचर्चा गरिएको छ। सभामा यी सबै विषयमा उपस्थित कार्यकारी सदस्यहरूले आफ्नो आफ्नो विचार व्यक्त गरेका थिए। सभामा शहीद स्मारक निर्माण गर्ने विषयमा गम्भीर छलफल गर्दै शहीद स्मारक निर्माणको लागि प्रत्येक सदस्यको तर्फबाट निम्नत्तम ५ हजार रुपियाँ गरेर संकलन गरिने र इच्छुकहरुले त्योभन्दा बेसी पनि स्वेच्छाले दिन सकिने विषयमा छलफल गरिएको जानकारी प्राप्त भएको छ। सभामा सभाध्यक्ष क्याप्टन आईडी थापाले सभामा चर्चा परिचर्चा गरिएको विषयमा आफ्नो धारणा व्यक्त गर्दै सभामा उपस्थित सम्पूर्ण सदस्यहरुलाई आभार प्रकट गरेका थिए भनी भारतीय भूतपूर्व सैनिक संघ खरसाङ एकाईका सचिव पुरण थापाले जानकारी गराएका छन्।

About Author

Advertisement