गान्तोक: सिक्किमका माननीय राज्यपाल दुष्यन्त गौतमसँग राज्यका प्रहरी महानिदेशक (डीजीपी) अक्षय सचदेवले आज लोकभवनमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटका क्रममा प्रहरी महानिदेशक सचदेवले राज्यपालसमक्ष राज्यको शान्ति-सुरक्षा, पर्यटक ट्राफिक व्यवस्थापन, लागूपदार्थ दुर्व्यसन नियन्त्रण तथा समग्र अपराध नियन्त्रणको पछिल्लो अवस्थाबारे विस्तृत जानकारी गराउनुभएको थियो।
प्रहरी महानिदेशक सचदेवले राज्यमा शान्ति-सुरक्षाको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै विभिन्न किसिमका अपराधहरू नियन्त्रण गर्न प्रहरीद्वारा निरन्तर अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो।
सो अवसरमा माननीय राज्यपाल गौतमले राज्यमा शान्ति-सुरक्षा कायम राख्न, लागूपदार्थको दुर्व्यसन नियन्त्रण गर्न र अपराधविरुद्ध प्रभावकारी कदम चाल्न प्रहरी विभागलाई निरन्तर सक्रिय रहन निर्देशन दिनुभयो।





