गान्तोक। सिक्किमका माननीय राज्यपाल दुष्यन्त गौतमसँग आज लोकभवनमा सिक्किम विधानसभाका माननीय अध्यक्ष मिंगमा नोर्बू शेर्पा, माननीय उपाध्यक्षा श्रीमती राजकुमारी थापा तथा विधानसभाका आयुक्त सह-सचिव ललित गुरुङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सो अवसरमा अध्यक्ष शेर्पाले सिक्किम विधानसभाको तर्फबाट माननीय राज्यपाललाई न्यानो स्वागत गर्नुभयो। भेटका क्रममा अध्यक्षका निजी सचिव आदर्श छेत्रीको समेत उपस्थिति रहेको थियो।
भेटवार्ताका दौरान राज्यका विभिन्न विकास निर्माणका कार्यहरू र विधानसभाका गतिविधिहरूसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूमा छलफल भएको लोकभवनले जनाएको छ।





