विश्व ऱ्याङकिंगमा पहिलोपल्ट पाँचौं स्थानमा पुग्न सफल भारतीय महिला हकी टोली

IMG-20261125-WA0076

भोपाल: भारतीय महिला हकी टोलीले आफ्नो उत्कृष्ट प्रदर्शनको साथ ऐतिहासिक उपलब्धि हासिल गरेको छ। महिला हकी टोलीले अन्तर्राष्ट्रिय हकी महासंघ (एफएचआई)-को विश्व ऱ्याङकिंगमा पहिलोपल्ट पाँचौं स्थान हासिल गरी इतिहास रचेको छ। यसको साथमा भारतले भोपालमा जारी महिला एशियन च्याम्पियन्स ट्रफीको म्याचमा पनि चीनविरुद्ध ६-२-ले जीत हासिल गऱ्यो। यो भारतको टुर्नामेण्टमा लगातार चौथो जीत हो। भारतीय महिला हकी टोली मंगलवार जारी एफएचआई-को ताजा विश्व ऱ्याङकिंगमा पाँचौं स्थानमा पुगेको छ। अक्टोबर २००३-मा ऱ्याङकिंग प्रणाली शुरु भएपछि यो भारतीय महिला टोलीको अहिलेसम्मको सर्वश्रेष्ठ ऱ्याङकिंग हो। यसअघि छैटौं स्थानमा पुग्नु भारतको सर्वश्रेष्ठ प्रदर्शन थियो, जुन टोलीले मई-जून २०२२-मा प्रो लीगमा असाधारण प्रदर्शनपछि हासिल गरेको थियो। टोक्यो ओलम्पिक २०२१-मा चौथो स्थानमा रहेपछि भातीय टोली आठौं स्थानमा पुगेको थियो। यसरी २०१८ विश्व कपको क्वार्टर फाइनलमा पुगेपछि भारतीय टोली नवौं स्थानमा थियो। एफआईएचको ताजा विश्व ऱ्याङकिंगमा नीदरल्याण्ड शीर्ष स्थानमा रहेको छ। त्यसपछि अर्जेण्टिना दोस्रो, बेल्जियम तेस्रो र स्पेन चौथो स्थानमा छ। भारतीय टोलीको यस ऐतिहासिक उपलब्धिपछि हालका अन्तर्राष्ट्रिय टुर्नामेण्टहरूमा लगातार असल प्रदर्शन प्रमुख कारण रहेको छ। भारतले हालै जापानमा भएको एशियन गेम्स २०२६-मा स्वर्ण पदक जितेको थियो। फाइनलमा भारतले ओलम्पिक रजत पदक विजेता चीनलाई पराजित गरेको थियो। यसरी भोपालमा जारी महिला एशियन च्याम्पियन्स ट्रफीमा पनि भारतीय टोलीको असाधारण प्रदर्शनको क्रम जारी रहेको छ। टोलीले टुर्नामेण्टमा लगातार ४ वटा म्याच जितिसकेको छ। भारतले अगावै टुर्नामेण्टको सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अंक तालिकामा भारत र जापान ४-४ वटा म्याचमा १२-१२ अंकको साथ शीर्ष स्थानमा रहेको छ।

About Author

Advertisement