यूईएफए च्याम्पियन्स लीगः रियल म्याड्रिडले जिते पनि आर्सनल र सिटीको ड्र

IMG-20261125-WA0068

नयाँ दिल्ली: यूईएफए च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा रियल म्याड्रिडले आफ्नो जीतको क्रम जारी राख्यो। यसबीच आर्सनल र म्यानचेष्टर सिटी चाहिँ ड्र-मा रोकियो। रियल म्याड्रिडले मंगलवार राति खेलिएको म्याचमा असाधारण पुनरागमन गर्दै नीदरल्याण्डको क्लब पीएसभी आइण्डहोभेनविरुद्ध ५-१-को ठूलो अन्तरले जीत हासिल गऱ्यो। यस जीतको साथ स्पेनिश क्लबले टुर्नामेण्टको नयाँ सीजनमा आफ्नो शत प्रतिशत जीतको रेकर्ड पनि कायम राख्यो। आफ्नो घरेलु मैदान सेण्टियागो बर्नब्यूमा ५९ प्रतिशत बल पोजेशनको साथ खेल्ने रियल म्याड्रिड मध्यान्तरसम्म त १ गोलले पछि रहेको थियो तर टोलीले दोस्रो हाफमा असाधारण पुनरागमन गर्दै एकपछि अर्को ५ गोल गऱ्यो। पीएसभी-लाई अनुभवी इभान पेरिसिचले ३२औं मिनटमा पेनल्टीबाट गोल गरी बढ़त दिलाए अनि त्यस बढ़तलाई डच क्लबले मध्यन्तरसम्म कायम राख्यो। मध्यान्तरपछि चाहिँ रियल म्याड्रिडले प्रतिद्वन्द्वी टोलीलाई चल्मलाउने मौका दिएन। यस अवधि स्टार स्ट्राईकर कीलियन एम्बाप्पेले ६४औं र ८४औं मिनटमा २ गोल गरे। यसबाहेक फेडेरिको भाल्भर्देले ५०औं, जूड बेलिंघमले ६०औें र विनिसियस जूनियरले ८७औं मिनटमा गोल गरे। यस जीतको साथ रियल म्याड्रिड ५ वटा म्याचमा १५ अंकको साथ च्याम्पियन्स लीग अंक तालिकाको शीर्ष स्थानमा रहन पुग्यो। यसरी ईंग्लिश प्रीमियर लीग क्लब आर्सनल र जर्मनीको क्लब बोरुसिया डर्टमण्डबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। घरेलु मैदान एमिरेट्स स्टेडियममा ५९ प्रतिशत बल पोजेशनको साथ खेल्ने आर्सनल मध्यान्तरसम्म अघि रहे पनि दोस्रो हाफको खेलमा डर्टमण्ड म्याच ड्र गर्न सफल भयो। आर्सनलको तर्फबाट भिक्टर योकेरेसले दशौं मिनटमा गोल गरे। यसरी डर्टमण्टबाट मेक्सिमिलियानो बेइरले ५५औं मिनटमा गोल गरे। आर्सनल ११ अंकको साथ पाँँचौं अनि डर्टमण्ड १० अंकको साथ गोल अन्तरको आधारमा सातौं स्थानमा रहेको छ। यसरी म्यानचेष्टर सिटी र इटलीको क्लब नापोलीबीच खेलिएको रोमाञ्चक म्याच २-२-ले ड्र रह्यो। आफ्नो घरेलु मैदान ऐतिहाद स्टेडियममा खेल्दै म्याचमा २ पल्ट पछाड़िए पनि प्रीमियर लीग क्लबले असाधारण पुनरागमन गर्दै हारको संकटलाई टाऱ्यो। म्याचको चारैवटा गोल दोस्रो हाफको खेलमा दर्ता गरियो। म्याचमा ६४ प्रतिशत बल पोजेशनको साथ खेल्ने सिटीबाट एयौब बौआदीले ६७औं र रायान चेर्कीले ८६औं मिनटमा गोल गरे। यसरी नापोलीको तर्फबाट रासमस होएलण्डले ५५औं र नोआ लाङले ७६औं मिनटमा गोल गरे। यस ड्र पछि म्यानचेष्टर सिटी १० अंकको साथ गोल अन्तरको आधारमा छैटौं स्थानमा रहन पुग्यो। यसरी नापोली ४ अंकको साथ २७औं स्थानमा रहेको छ। प्रीमियर लीग क्लब एस्टन भिल्लाले तुर्कियेको क्लब गालातासारेविरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो। विजेता टोलीबाट एकमात्र गोल डेनिज गुलले ७७औं मिनटमा दर्ता गरे। गोल अन्तरको आधारमा एस्टन भिल्ला नवौं र गालातासारे १३औं स्थानमा रहेको छ। यी दुई टोलीसँग ९-९ अंक रहेको छ। इटलीको क्लब कोमोले आफ्नो चमत्कारी प्रदर्शनको क्रम जारी राख्दै एईके एथेन्स एफसी-विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टोलीको निम्ति लुइस मिल्लाले ५७औं मिनटमा गरेको गोल निर्णायक बन्यो। कोमो १२ अंकको साथ गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ। स्पेनको क्लब रियल बेटिसले स्लोवान ब्रातिस्लावालाई २-०-ले पराजित गऱ्यो। कुचो हर्नाण्डेजले ४३औं र ५७औं मिनटमा गोल गरी रियल बेटिसलाई च्याम्पियन्स लीग सीजनको चौथो जीत दिलाए। रियल बेटिस १२ अंकको साथ चौथो स्थानमा रहेको छ।

About Author

Advertisement