गान्तोक: सिक्किम सरकारका वन तथा वातावरण मन्त्री पिन्त्सो नाम्ग्याल लेप्चाले मङ्गलबार जोरथाङको बैगुनेस्थित निर्माणाधीन ‘मयूर परियोजना’ (पिकक प्रोजेक्ट) स्थलको भ्रमण तथा निरीक्षण गरेका छन्।
अन्तिम चरणमा पुगेको उक्त परियोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लेप्चासँगै वन्यजन्तु विभागका प्रभागीय वन अधिकृत (डीएफओ), रेन्ज अधिकृत (वन्यजन्तु) तथा विभागका अन्य अधिकारी एवं कर्मचारीहरूको उपस्थिति रहेको थियो।
भ्रमणका अवसरमा मन्त्री लेप्चाले परियोजनाको हालसम्मको भौतिक प्रगतिको जानकारी लिँदै निर्माण कार्यको समीक्षा गरेका छन्। उनले परियोजना निर्माणको अन्तिम चरणमा पुगिसकेकाले बाँकी रहेका कार्यहरू समयमै तथा गुणस्तरीय ढङ्गले सम्पन्न गर्न सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशनसमेत दिएका छन्।





