महिला विश्व कप २०३१ र २०३५-को आयोजक देशहरूको घोषणा

IMG-20261124-WA0076

नयाँ दिल्ली: फिफाले २०३१ र २०३५-मा हुने महिला फूटबल विश्व कपका सह-आयोजक देशहरूको नाम घोषणा गऱ्यो। सोमवार सदस्य संघहरूको भर्चुअल असाधारण कंग्रेसपछि यो फसेला लिइयो। यसअन्तर्गत २०३१ विश्व कपको आयोजन कोस्टा रिका, जमैका, मेक्सिको र अमेरिकाले मिलेर गर्नेछ। यसरी २०३५ विश्व कपको आयोजन ईंग्ल्याण्ड, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्सले संयुक्त रूपमा गर्नेछ। साल २०३१-मा हुने महिला विश्व कप धेरै दृष्टिकोणले महत्त्वपूर्ण हुनेछ। यस टुर्नामेण्टमा पहिलोपल्ट ४८ वटा टोलीले हिस्सा लिनेछन्। यसले प्रतियोगिताको परिधि अझ बढ़नेछ अनि अधिक देशहरूले विश्व कपमा खेल्ने अवसर पाउनेछन्। कोस्टा रिका, जमैका, मेक्सिको र अमेरिकाले मिलेर यस ऐतिहासिक आयोजनको जिम्मेवारी सम्हाल्नेछ। महिला फूटबल विश्व कपको शुरुवात नोभेम्बर १९९१-मा भएको थियो। पहिलोपल्ट टुर्नामेण्ट चीनको ग्वांगडोंग प्रान्तमा आयोजन गरिएको थियो, जसमा जम्मा २१ वटा टोलीले हिस्सा लिएको थियो। त्यसपछि महिला विश्व कप वैश्विक स्तरमा लोकप्रिय भयो अनि यसमा हिस्सा लिने टोलीहरूका संख्यामा लगातार बढ़ोत्तरी भयो। फिफा अध्यक्ष जियानी इन्फेण्टिनोले महिला विश्व कपको भविष्य र महिला फूटबलको विस्तारलाई लिएर आफ्नो मत व्यक्त गरे। उनले भने, हाम्रो उद्देश्य महिला फूटबललाई वास्तवमा वैश्विक बनाउनु हो अनि सबै सदस्य संघ र सबै हितधारकहरूले साथमा मिलेर भविष्य निर्माण गर्नु छ। महिला फूटबलको निम्ति हाम्रो प्राथमिकता धेरै सरल छ। हामी यस खेललाई वैश्विक स्तरमा विस्तार गर्न चाहन्छौं। उल्लेखनीय छ, फिफाको यस फसेलालाई महिला फूटबललाई धेरभन्दा धेर देशहरूमा पुऱ्याउने अनि अन्तर्राष्ट्रिय स्तरमा उनीहरूको भागीदारी बढ़ाउने दिशामा महत्त्वपूर्ण कदम मानिएको छ।

About Author

Advertisement