गान्तोक: सिक्किमकाे राजधानी गान्तोकस्थित पाल्जोर स्टेडियममा ‘पाँचौँ महेन्द्र कार्की मेमोरियल भेट्रान्स फुटबल प्रतियोगिता’ सुरु भएको छ।मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा टीएनए भेट्रान्स र एनबीबीडीसी भेट्रान्सबीच प्रतिस्पर्धा भएको छ।उद्घाटन समारोहमा विधायकहरू डेले नाम्ग्याल बार्फुङ्पा, आदित्य गोले, सुदेश लिम्बूलगायत विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।सिक्किम ब्वाइज एफसीले दिवंगत फुटबलर महेन्द्र कार्कीको स्मृतिमा हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ।





