महेन्द्र कार्की मेमोरियल भेट्रान्स फुटबल प्रतियोगिता सुरु​

FB_IMG_1795513975550

गान्तोक: सिक्किमकाे राजधानी गान्तोकस्थित पाल्जोर स्टेडियममा ‘पाँचौँ महेन्द्र कार्की मेमोरियल भेट्रान्स फुटबल प्रतियोगिता’ सुरु भएको छ।​मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा टीएनए भेट्रान्स र एनबीबीडीसी भेट्रान्सबीच प्रतिस्पर्धा भएको छ।​उद्घाटन समारोहमा विधायकहरू डेले नाम्ग्याल बार्फुङ्पा, आदित्य गोले, सुदेश लिम्बूलगायत विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।​सिक्किम ब्वाइज एफसीले दिवंगत फुटबलर महेन्द्र कार्कीको स्मृतिमा हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

About Author

Advertisement