सिक्किम अल्पाइन विश्वविद्यालयका कुलपतिद्वारा राज्यपालसँग शिष्टाचार भेट

FB_IMG_1795455248635

​गान्तोक/नामची: सिक्किम अल्पाइन विश्वविद्यालय, नामचीका कुलपति प्रा. सुशील कुमार तिवारीले सिक्किमका राज्यपाल दुष्यन्त गौतमसँग शिष्टाचार भेट गर्नुभएको छ।
​लोकभवनमा भएको भेटका क्रममा कुलपति तिवारीले विश्वविद्यालयमा सञ्चालित विभिन्न शैक्षणिक गतिविधि तथा आगामी कार्ययोजनाबारे राज्यपाललाई विस्तृत जानकारी गराउनुभएको हो। साथै उहाँले विश्वविद्यालयको विकासका लागि भइरहेका प्रयासहरूबारे पनि अवगत गराउनुभएको छ।
​सो अवसरमा राज्यपाल गौतमले सिक्किमलाई उच्च शिक्षाको एक प्रमुख केन्द्रका रूपमा स्थापित गर्न विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहने विश्वास व्यक्त गर्नुभएको छ।

About Author

Advertisement