बाघडुग्रा आइपुगे केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल

FB_IMG_1795352543675

चिया उद्योगका सरोकारवालाहरूसँग छलफल गर्ने

​सिलगढी। ​केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल आज दार्जिलिङ पहाड तथा तराई क्षेत्रको भ्रमणका क्रममा बाघडुग्रा विमानस्थल आइपुगेका छन्। दार्जिलिङका सांसद राजु विष्टले विमानस्थलमा केन्द्रीय मन्त्री गोयललाई न्यानो स्वागत जनाएका छन्।
​सांसद विष्टले मन्त्री गोयलको भ्रमणबारे जानकारी दिँदै यस क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण र ऐतिहासिक चिया उद्योगको वर्तमान चुनौती, सरोकार तथा भविष्यका सम्भावनाहरूबारे छलफल गर्न मन्त्रीले चिया क्षेत्रका सरोकारवालाहरूसँग विशेष भेटघाट गर्ने कार्यक्रम रहेको उल्लेख गरेका छन्।
​यसका साथै, केन्द्रीय मन्त्री गोयल खरसाङमा आयोजित ‘टी-स्टा महोत्सव’ मा समेत सहभागी हुनेछन्। दार्जिलिङ चियाको समृद्ध विरासत, यहाँको जीवन्त संस्कृति र क्षेत्रको अपार सम्भावनालाई उजागर गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो। सांसद विष्टले मन्त्री गोयललाई क्षेत्रको भ्रमणका लागि स्वागत गर्दै उनको भ्रमण फलदायी र अर्थपूर्ण रहने विश्वास व्यक्त गरेका छन्।

About Author

Advertisement