गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) र पश्चिम बंगालका पर्यटन तथा संसदीय मामिला मन्त्री डा. शंकर घोषबिच भेटवार्ता भएको छ।
मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएको जानकारीअनुसार शनिबार उनको सरकारी निवासमा उक्त भेटवार्ता भएको हो। भेटका क्रममा मुख्यमन्त्री तामाङले मन्त्री डा. घोषलाई खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए।
भेटवार्तामा आपसी हित, सुशासन र सिक्किम तथा पश्चिम बंगालबिचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको मुख्यमन्त्री तामाङले उल्लेख गरेका छन्। यसका साथै दुवै राज्यका जनता र क्षेत्रीय विकाससँग सम्बन्धित विभिन्न समसामयिक मुद्दाहरूमा विचार र अनुभव आदानप्रदान गरिएको जनाइएको छ।
मुख्यमन्त्री तामाङले आगामी दिनहरूमा पनि दुई राज्यबिच निरन्तर संवाद र अझ बृहत् सहकार्यको अपेक्षा राखेको बताएका छन्।





