कप्तान कमिन्सलाई समर्थन गर्ने फसेला लियो सीए-ले

IMG-20261121-WA0066

सिडनी: क्रिकेट अष्ट्रेलिया (सीए)-ले दक्षिण अफ्रिकामा २०१८-को स्याण्डपेपर विवादको नयाँ जाँचबीच प्याट कमिन्सलाई पुरुष टेस्ट टोलीका कप्तानको रूपमा आफ्नो समर्थन दिएको छ। वर्तमान कप्तानको ईमानदारीसँग कुनै सम्झौता भएको कुरालाई बोर्डले अस्वीकार गरेको छ। बोर्डको बैठकपछि सीए-ले एउटा बयानमा भनेको छ, अष्ट्रेलियाई क्रिकेटको ईमानदारी र २०१८-को यात्रामा भएका घटनाहरूले प्रभावित मानिसहरूका भलाईको उपायहरूमाथि चर्चा भयो। कप्तानको रूपमा कमिन्सको स्थितिलाई लिएर चलिरहेको चर्चाहरूबीच उनलाई पूर्ण समर्थन दिने फसेला भयो। सीए-का चेयरम्यान डेविड बून र सीईओ टड ग्रीनबर्गले शुक्रवार सिडनीमा कमिन्ससँग भेट गरे। त्यस भेटघाटमा कमिन्सको भलाई, टोलीलाई जरूरी सहयोग र न्यूजील्याण्डविरुद्ध आउँदो सीरीजसहित धेरै मुद्दाहरूमाथि चर्चा गरियो। बूनले भने, हामी यस मुश्किल समयमा अष्ट्रेलियाई क्रिकेटलाई पूरा लगन र धैर्यको साथ अघि बढ़ाउन, सुन्न अनि सिक्नको निम्ति सम्पूर्ण रूपले तयार छौं। यस हप्ता हामीले जुन स्वतन्त्र अधिकरण (इण्डिपेण्डेण्ट फोरम)-को घोषणा गरेका छौं, त्यो यसैको निम्ति हो। बोर्ड सबै खेलाड़ीहरू र सपोर्ट स्टाफलाई त्यहाँ आफ्नो पक्ष राख्ने अनि त्यसमाथि चर्चा गर्नको निम्ति प्रोत्साहित गर्दछ। हामी सही समयमा कार्यक्षेत्रगत शर्तहरू (टर्म्स अफ रेफरेन्स) प्रकाशित गर्नेछौं। बूनले अझ भनेका छन्, हामीले प्याट (कमिन्स)-लाई आफ्नो समर्थन दिएका छौं अनि २०१८-को दक्षिण अफ्रिका यात्रामा भएको घटनाहरूले प्रभावित सबै मानिसरूका निम्ति उनको चिन्ता जाहेर गरेका छौं। हामीले त्यस अनुभवबाट शिक्षा लिएका छौं। हामीलाई आफ्नो टोली अनि त्यस संस्कृतिमाथि गर्व छ, जसलाई प्याट र अन्य कप्तानहरूले गत ८ वर्षमा अघि बढ़ाएका छन्। यसरी प्याटको ईमानदारीसँग कुनै सम्झौता भएको खबरहरूलाई पनि हामी सम्पूर्ण रूपले खारेज गर्छौं। यसरी कमिन्सले पनि सीए नेतृत्वसँग भएको बैठकलाई स्वागत जनाएका छन्। उनी प्रस्तावित स्वतन्त्र अधिकरणको समर्थन गर्दै उनी यस प्रक्रियाको हिस्सा बन्न तयार रहेको बताएका छन्। अष्ट्रेलियाई कप्तानले भने, डेविड र टडसँग कुरा गर्नु महत्त्वपूर्ण रह्यो। अष्ट्रेलियाई कप्तान हुनु एउटा ठूलो जिम्मेवारी हो। मैले यसलाई कहिले हल्कामा लिइनँ अनि लिने पनि छुइनँ। म फोरमलाई शत प्रतिशत समर्थन गर्छु।

About Author

Advertisement