कोवलून: सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको भारतीय पुरुष युगल जोड़ीले हंगकंग ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टको सेमिफाइनलमा हारको सामना गर्नु पऱ्यो। भारतको अनुभवी जोड़ीलाई मलेशियाका मान वेई चोंग र टी काई वुनको आठौं वरीयता प्राप्त जोड़ीले पराजित गऱ्यो। यस साल सिंगापुर र चीनमा खिताब जित्ने अनि विश्व ऱ्याङकिंगमा छैटौं स्थानमा रहने भारतीय जोड़ीले ४१ मिनटसम्म चलेको सेमइफाइनलमा १८-२१, १९-२१-ले हारको सामना गर्नु पऱ्यो। म्याच चरम रोमाञ्चक रह्यो तर निर्णायक मौकाहरूमा गल्ती गर्दा भारतीय जोड़ीको अभियान समाप्त भयो। म्याचमा शुरुवातदेखि नै दुई जोड़ीबीच असल प्रतिस्पर्धा देख्न पाइयो अनि उनी लगभग बराबरीको साथ अघि बढ़िरहे। पहिलो गेममा स्कोर एक समय ४-४ अनि पछिबाट ७-७-को बराबरीमा रहेको थियो। त्यसपछि पनि दुई जोड़ीबीच लड़ाइँ जारी रह्यो अनि १०-१०-को स्कोरमा मलेशियाई जोड़ीले अंक हासिल गरी ब्रेकसम्म मामूली बढ़त हासिल गऱ्यो। सात्विक-चिरागको जोड़ीले त्यसपछि पनि कड़ा चुनौती पेश गऱ्यो तर मलेशियाको जोड़ीले आफ्नो लय कायम राख्यो अनि १८-१९-को स्कोरपछि २ गेम पोइण्ट हासिल गऱ्यो। त्यहाँबाट मलेशियाई जोड़ीले कुनै गल्ती नगरी पहिलो गेम जित्यो। दोस्रो गेम झन् प्रतिस्पर्धी रह्यो। भारतीय जोड़ीले एक समय ७-३-को बढ़त हासिल गरेको थियो तर मलेशियाको जोड़ीले लगातार ६ अंक हासिल गरी म्याचको रंग बदलियो। पहिला ९-७-को बढ़त हासिल गरेपछि उनीहरू ब्रेकसम्म २ अंकको बढ़त लिन सफल भए। सात्विक-चिरागको गल्तीहरूलाई काममा लगाउँदै मलेशियाको जोड़ीले बढ़तलाई १४-९ पुऱ्यायो। भारतीय जोड़ीले पनि असाधारण पुनरागमन गर्दै चाँड़ै स्कोर १९-१९-को बराबरीमा पुऱ्यायो। त्यसपछि चाहिँ मलेशियाई जोड़ीले चिरागलाई निशाना बनाएर म्याच पोइण्ट हासिल गरी अन्तमा दोस्रो गेम र म्याच जित्यो।





