गान्तोक: राज्य वन एवं पर्यावरण विभाग मन्त्री कर्म लोडे भोटिया र जर्मन संघीय संसदको पर्यावरण, प्रकृति संरक्षण, परमाणु सुरक्षा र उपभोक्ता सुरक्षा समितिका सदस्यहरूबिच एक बैठक आयोजना गरिएको थियो। जर्मन टोलीको अगुवाई हेराल्ड एबनरले गरेका थिए।मन्त्री भोटियाले भारत-जर्मन साझेदारीका कारण सिक्किमलाई फाइदा हुन सक्ने विषयहरूमाथि प्रकाश पारे। उनले सिक्किमको पारिस्थितिकी प्रणाली, हिमनदीमा जलवायु परिवर्तनको प्रभाव, जलस्रोतहरू, ओक र शंकुयुक्त वनको पुनर्स्थापनाको आवश्यकता, आक्रमणकारी प्रजातिको व्यवस्थान जस्ता विषयहरू पनि उठाए। उनीहरूले सिक्किमलाई एउटा आदर्श अनि प्रगतिशील राज्यको रूपमा पाएको बताए। टोलीले जी २० फोरममा सिक्किमले झेल्नु परिरहेको जलवायु परिवर्तनका मुद्दाहरू उठाउने प्रतिबद्धता व्यक्त गरे।









