इन्डियन डेमोक्रेटिक रिपब्लिकन फ्रन्ट पार्टी पश्चिम बंगाल राज्य समिति र इन्टरलोक्युटर पंकजकुमार सिंहमाझ भेटघाट

9d1c9e65-7694-4296-ab4d-1622fc5e2b2a

खरसाङ: इन्डियन डेमोक्रेटिक रिपब्लिकन फ्रन्ट पार्टीको पश्चिम बंगालका अध्यक्ष कृष्ण क्षेत्री, महासचिव अनिल रोका र टोक्देन लेप्चा सम्मिलित टोलीले वार्ताकार पंकज कुमार सिंहसँग भेटघाट गरेका छन्। उक्त भेटघाटमा गोर्खा जाति क्षेत्रको विकासका लागि गोर्खाल्याण्ड (जसमा पहाडी क्षेत्र, डुवर्स र तराई समावेश छन्) को विषयमा गम्भीर छलफल गरिएको जानकारी प्राप्त भएको छ। भेटघाटमा नेताहरुले एउटा ठूलो प्रश्न उठाएका छन् जसमा गोर्खा जाति माथि केवल राजनीतिकरण मात्र हो ?
सांसद राजु बिष्टलाई प्रश्न गर्दै
अध्यक्ष क्षेत्रीले भेटघाटमा स्पष्ट रुपमा प्रश्न राखे कि सांसद राजु बिष्टले चुनावको तुरुन्त बाद जीटीए रद्द हुन्छ भनेको कुरा किन भएन ?
जनताले पटक-पटक सोधिरहेको यो प्रश्नको जवाफ अझै आएको छैन।
पीपीएस के हो ? कहिले पूरा हुन्छ ? पीपीएस के हो ? पीपीएस कहिले पूरा हुन्छ ?
यो विषयमा पनि छलफल भयो। उक्त टोलीलाई पंकजकुमार सिंहले २०२७ सम्ममा केही हुन्छ भन्ने कुरा बताएको जानकारी प्राप्त भएको छ। आईडीआरएफ पार्टीको माग स्पष्ट रहेको र यस पार्टीको माग गोर्खा जातिको सम्मान र उन्नति हो भन्ने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ‌। यस क्रममा अध्यक्षले भने, हाम्रा जवान छोरा-छोरी कामको लागि अन्य राज्यहरूमा जानुपर्ने बाध्यता छ। जहाँ हाम्रै देशमा हामीलाई विदेशी जस्तो व्यवहार भइरहेको छ।
यो अवस्था अन्त्य हुनुपर्छ।
सरकारलाई अनुरोध छ कि हामीले हाम्रो अधिकार पाउँ।’

About Author

Advertisement