भागोप्रमो खरसाङ टाउन कमिटीद्वारा स्ट्रिट लाइट अनि विभिन्न समस्याहरु लिएर खरसाङ नगरपालिका प्रशासकलाई ज्ञापन पत्र

6e8b7d27-7a72-494e-9e3f-f9c3ca584bb9

खरसाङ: भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा खरसाङ टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनकोे अगुवाईमा खरसाङ बजारको स्ट्रिट लाइट अनि विभिन्न समस्याहरु लिएर खरसाङ नगरपालिका प्रशासकलाई ज्ञापन पत्र सुम्पेका छन्। खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर १ देखि वार्ड २० वार्डसम्ममा भएको स्ट्रिट लाइट नबलेको कारण स्थानीयहरुलाई भईरहेको समस्या समाधान हेतु गत समयमा नै ज्ञापन पत्र सुम्पे पनि समस्या यथावत रहेको कारण जनसाधारणलाई सहयोग पुर्याउन हेतु आज पुनः ज्ञापन सुम्पेका छन्। यस अवसरमा अध्यक्ष बीरबल पाख्रिनले भागोप्रमोका केन्द्रीय अध्यक्ष अनित थापाकोे निर्देशन अनि अगुवाईमा टाउन कमिटीद्वारा जनसाधारणलाई सहयोग पुर्याउन हेतु लगातार प्रयासरत रहेर कार्य गरिरहेको र चुनाव प्रक्रिया समाप्त भएपछि पनि वार्डका जनताले वर्तमानमा समस्या परेको खण्डमा समाधानकोे अपेक्षा राख्दै मानिसहरुले कुरा राख्छन् र आज पार्टीको तर्फबाट नगरपालिकामा पुगेर जनतालाई कस्तो सहयोग गर्न सकिन्छ भन्ने सकारात्मक सोच राखेर आएको जानकारी दिएका छन्। नगरपालिका प्रशासक डेन्डुप भुटियाले नगरपालिकाद्वारा नगरपालिका क्षेत्रमा स्ट्रिट लाईटकोे कार्य भईरहेको तर नागरिककाे पनि सहयोग चाहिन्छ र आगामी दिनहरुमा विभिन्न स्थानमा सोलर लाईट लगाउने पहल पनि भईरहेको जानकारी दिएका छन्। खरसाङ टाउन कमिटीका मूल सचिव राजु सेवाले अधिकारिक रूपमामा भए पनि बजार क्षेत्रमा दुई चक्के गाडीहरुकोे उचित पार्किङ लगायत पार्किङकोे व्यवस्था धेरै कम भएको कारण बाइक स्कूटीहरु जताभावी कुना काप्चासँगै मानिस हिँड्ने फुटपाथसम्म पनि पार्किङ गरेकाेले बजार गर्न आउने मानिसहरु हिँड्न असुविधा भईरहेको साथै फोर मैला संग्रह गर्ने ठीक व्यवस्था नभएको कारण खरसाङ बजारभित्र बाँदरहरुको उपद्रव बढिरहेको जानकारी दिँदै नगरपालिकाद्वारा सुव्यवस्था गरिदिन भनी आग्रह गरेका छन्। यस कुरामा नगरपालिका प्रशासकले पार्किङकोे निम्ति पाँचवटा जग्गामा अघि नै चिन्हित गरे पनि त्यसलाई कार्यमा ल्याउन विलम्ब भइरहेको जानकारी उपस्थित टाउन कमिटीका सदस्यहरूलाई दिँदै खरसाङमा ट्राफिककाे सुचारु रूपमा व्यवस्थित गर्न जिम्मेवारी ट्राफिक विभागको हो साथै बाँदरकोे रगरगी नियन्त्रण साथै उनीहरूलाई हटाउनेकाे निम्ति वन विभागका सम्बन्धित अधिकारी कर्मचारीसँग सम्पर्क गर्ने सुझाव दिए। विगत २ सेप्टेम्बरको दिन टाउन कमिटीका उपाध्यक्ष सन्तोष परिले २० नम्बर वार्डमा फोहोर संग्रह गर्ने डस्टबीन हटाईदिने साथै हाईमाश लाईट पनि मरमत्ति गरिदिने निवेदन बमोजिम कार्य गरिदिएकोमा खरसाङ नगरपालिकालाई धन्यवाद दिए। यसको साथै वार्ड नम्बर ८ का सिद्धार्थ भवन माथिल्लोपट्टि रहेको अनावश्यक डस्टबीन पनि हटाइदिने आग्रहलाई स्वीकार गरी हटाई दिएकाेमा टाउन कमिटीका कार्यकारी सदस्य कमल श्रीवालले धन्यवाद दिएका थिए। नगरपालिका प्रशासकले पनि खरसाङलाई व्यवस्थित बनाउनकोे निम्ति सबैको सहयोग एकदमै जरुरी रहेको भन्दै सहयोग गरिदिने निवेदन गरेका छन्। यस क्रममा टाउन कमिटीका अध्यक्षले खरसाङको जनसाधारणकोे सहयोगकाे निम्ति भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा सदैव अघि आएर सहयोग गर्ने र कुनै पनि प्रकारको समस्या अथवा सहयोगको आवश्यकता भए सोझै टाउन कमिटीसँग सम्पर्क गर्नु सक्नु हुनेछ भनी मिडियामार्फत आग्रह गरेका छन्। यस कार्यक्रममा कोषाध्यक्ष राजेन प्रधान, कार्यकारीणी सदस्य क्रमशः रतन शेर्पा, मुनाम लामा, नब्बु राउत, रामु राउत, किशोर लिम्बु लछुमन गुरुङ, संगै टाउन कमिटी युवा शक्ति का कार्यकारीणी सदस्य राकेश कुमार प्रसाद उपस्थित थिए।

About Author

Advertisement