उपराष्ट्रपतिसँग जबलपुरका विद्यार्थी तथा शिक्षकहरूको प्रतिनिधिमण्डलद्वारा भेटवार्ता

53d8da3a-65a9-4c1d-8a7b-60cde56ca888

​नयाँ दिल्ली: उपराष्ट्रपति श्री सी. पी. राधाकृष्णनले आज उपराष्ट्रपति भवनमा मध्य प्रदेशको जबलपुरस्थित विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको एक प्रतिनिधिमण्डलसँग संवाद गर्नुभएको छ। उक्त प्रतिनिधिमण्डलको नेतृत्व सांसद श्री आशीष दुबेले गर्नुभएको थियो।
​संवादका क्रममा उपराष्ट्रपतिले विद्यार्थीहरूलाई शिक्षालाई पूर्ण लगनका साथ आत्मसात् गर्न, लोकतान्त्रिक मूल्य-मान्यतालाई सुदृढ बनाउन तथा एक जिम्मेवार नागरिक बनेर ‘विकसित भारत @ २०४७’ को सङ्कल्पलाई साकार पार्न योगदान दिन प्रेरित गर्नुभयो। यसका साथै उहाँले विद्यार्थीहरूलाई लागूपदार्थ (नशा) बाट टाढा रहन र सामाजिक सञ्जालको जिम्मेवारपूर्ण प्रयोग गर्न समेत आह्वान गर्नुभयो।

About Author

Advertisement