कार्लोस अल्काराज एकतर्फी जीत हासिल गरी एटीपी फाइनल्सको सेमिफाइनलमा

IMG-20261119-WA0079

ट्यूरिन: स्पेनका कार्लोस अल्काराजले एटीपी फाइनल्स २०२६-मा उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै सेमिफाइनलमा प्रवेश गरे। स्पेनका यस दिग्गज खेलाड़ीले पूर्व नम्बर १ खेलाड़ी रुसका दानिल मेदवेदेवलाई सीधा सेटमा ६-२, ६-४-ले पराजित गरे। यसको साथै अल्काराजले लगातार ११औं जीत दर्ता गरे अनि टुर्नामेण्टमा आफ्नो वर्चस्व कायम राखे। ट्यूरिनको इनल्पी एरिनामा खेलिएको म्याचमा दोस्रो वरीयता प्राप्त अल्काराजले शुरुवातदेखि नै आक्रामक मिजास देखाए। यसरी उनले केवल ७२ मिनटमा मेदवेदेवको चुनौतीलाई पार गरे। पूरा म्याचको अवधि अल्काराजले एउटा ब्रेक पोइण्टको पनि सामना गर्नु परेन, जसले उनको असाधारण सर्विस र नियन्त्रणलाई दर्शाउँछ। उनले इभान लेण्डल ग्रुपमा आफ्नो दुवै म्याच जितेर सेमिफाइनलको होड़मा सबैभन्दा मजबूत स्थितिमा पुगेका छन्। मेदवेदेवविरुद्ध जीतले उनको आत्मविश्वास अझ बढ़ाएको छ। अब उनको नजर ग्रुप चरणको अन्तिम म्याच पनि जितेर आफ्नो अभियानलाई मजबूतीको साथ अघि बढ़ाउनुमा रहनेछ। मेदवेदेवविरुद्ध म्याचको दोस्रो सेटमा चाहिँ अल्काराजले सामान्य समस्याको सामना गर्नु पऱ्यो। दोस्रो सेटमा २-१-ले बढ़त हासिल गरेपछि उनले देब्रे खुट्टाको माथिल्लो हिस्सामा पीढ़ा अनुभव गरे। उनले फिजियोबाट उपचार पनि लिनु पऱ्यो। खेल पुन शुरु भएपछि उनले लयलाई कायम राख्दै सजिलै म्याच जिते। अल्काराज २०२५-मा पनि एटीपी फाइनल्सको फाइनलमा पुगेका थिए, जहाँ उनले इटलीका यानिक सिनरविरुद्ध हारको सामना गर्नु परेको थियो। यसपाली स्पेनिश खेलाड़ीको लक्ष्य एक कदम अघि बढ़ेर खिताब जित्ने रहेको छ।

About Author

Advertisement