नयाँ दिल्ली: उपराष्ट्रपति श्री सी. पी. राधाकृष्णनले आज उपराष्ट्रपति भवनमा मध्य प्रदेशको जबलपुरस्थित विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको एक प्रतिनिधिमण्डलसँग संवाद गर्नुभएको छ। उक्त प्रतिनिधिमण्डलको नेतृत्व सांसद श्री आशीष दुबेले गर्नुभएको थियो।
संवादका क्रममा उपराष्ट्रपतिले विद्यार्थीहरूलाई शिक्षालाई पूर्ण लगनका साथ आत्मसात् गर्न, लोकतान्त्रिक मूल्य-मान्यतालाई सुदृढ बनाउन तथा एक जिम्मेवार नागरिक बनेर ‘विकसित भारत @ २०४७’ को सङ्कल्पलाई साकार पार्न योगदान दिन प्रेरित गर्नुभयो। यसका साथै उहाँले विद्यार्थीहरूलाई लागूपदार्थ (नशा) बाट टाढा रहन र सामाजिक सञ्जालको जिम्मेवारपूर्ण प्रयोग गर्न समेत आह्वान गर्नुभयो।





