सिक्किम गरीब आवास योजनाअन्तर्गत अपर कोल्थाङमा नवनिर्मित घर हस्तान्तरण

FB_IMG_1795107446497

​गान्तोक: सिक्किम सरकारको ‘सिक्किम गरीब आवास योजना’ (एसजीएवाई) अन्तर्गत नाम्ची जिल्लाको अपर कोल्थाङमा निर्माण गरिएको नयाँ आवासगृहको बिहीबार एक समारोहबीच उद्घाटन गरिएको छ।
​राङगाङ–याङगाङ निर्वाचन क्षेत्रकी लाभार्थी निम डेम भोटियाका लागि निर्माण गरिएको उक्त घरको मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेतले उद्घाटन गरेका हुन्।
​कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक सचिव बस्नेतले गरीब आवास योजनाले राज्यका विपन्न परिवारको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याइरहेको बताए। यस योजनाले नागरिकमा सुरक्षा, सम्मान र खुसीको अनुभूति दिलाएको उल्लेख गर्दै उनले लाभार्थी भोटिया र उनको परिवारलाई नयाँ घरको बधाई तथा सुखद भविष्यको शुभकामना दिए।

नयाँ घर पाएपछि लाभार्थी निम डेम भोटियाले सुरक्षित र सम्मानजनक बासको आफ्नो वर्षौंको सपना पूरा भएको भन्दै मुख्यमन्त्री प्रेमसिंह तामाङ र स्थानीय विधायक राजकुमारी थापाप्रति आभार व्यक्त गरिन्।
​उद्घाटन समारोहमा याङगाङका खण्ड विकास अधिकारी निडे भोटिया, पञ्चायत अध्यक्ष विष्णु निरौला, पञ्चायत सदस्यहरू, खण्ड प्रशासनिक केन्द्रका कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागिता थियो।

About Author

Advertisement