योकसमद्वारा रिम्बी-टिम्ब्रोङका पाँचै वार्डमा विकास योजनाको स्थलगत निरीक्षण

FB_IMG_1795106626964

​गेजिङ: सरकारी विकासमूलक तथा कल्याणकारी योजनाको कार्यान्वयन र प्रगतिको मूल्याङ्कन गर्न खण्ड प्रशासनिक केन्द्र (बीएसी) योकसमले बिहीबार रिम्बी–टिम्ब्रोङ ग्राम पञ्चायत एकाइअन्तर्गतका पाँचवटै वार्डमा स्थलगत निरीक्षण गरेको छ।
​खण्ड विकास अधिकारी (बीडीओ) सनमान सुब्बाको नेतृत्वमा खटिएको टोलीले ‘कनेक्ट टु सीएम’ पहलअन्तर्गत लाभार्थीहरूको विवरण र आवेदनको स्थलगत प्रमाणीकरण गरेको छ। वास्तविक लाभग्राहीले सहजै सरकारी सुविधा पाऊन् भन्ने उद्देश्यले कागजात र विवरणको प्रत्यक्ष रुजु गरिएको प्रशासनले जनाएको छ।
​निरीक्षणका क्रममा टोलीले ‘सिक्किम गरीब आवास योजना’ (एसजीएवाई) अन्तर्गत निर्माणाधीन घर र ‘भीबी–जी राम जी’ योजनाअन्तर्गतका पूर्वाधार निर्माण कार्यको प्रगतिबारे जानकारी लिएको थियो।

यसैगरी, टोलीले रिम्बी पहिरोबाट विस्थापित परिवारहरू राखिएको राहत शिविरको समेत भ्रमण गरी त्यहाँको व्यवस्थापन र पीडित परिवारको तत्कालको आवश्यकता बुझेको छ। तल्लो तहसम्म सरकारी योजनाको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न नियमित अनुगमनलाई तीव्रता दिइएको बीएसी योकसमले जनाएको छ।

About Author

Advertisement