नयाँ दिल्ली: स्पेनको २०१० फिफा विश्व कप विजेता टोलीका सदस्य रहने स्टार फूटबलर जुआन माटाले पेशादार फूटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३८ सालको उमेरमा उनको यस फसेलाको साथै लगभग २ दशक लामो यादगार करियरको पनि अन्त भयो। आफ्नो करियरको अवधि माटाले राष्ट्रिय टोली र क्लब फूटबलमा फिफा विश्व कप, यूईएफए यूरोपियन च्याम्पियनशीप, यूईएफए च्याम्पियन्स लीग र २ पल्ट यूईएफए यूरोपा लीगसहित धेरै ठूलो खिताबहरू जिते। माटाले बुधवार स्पेनको ओविएडो स्थित युवेण्टुड स्टेडियममा रेकर्ड गरिएको एउटा भीडियो सन्देशको माध्यमले सन्न्नासको घोषणा गरे। यसै स्टेडियममा उनले १० सालको उमेरमा संगठित फूटबल खेल्न शुरु गरेका थिए। सन्न्यासको घोषणा गर्दै माटाले भने, फूटबल कहिले पनि मेरो जीवनबाट टाढ़ा हुनेछैन। यस खेलमा कायम रहने अनि यसलाई विकासको माध्यम बनाउने धेरै तरिका छ। म पेशादार फूटबल खेल्न बन्द गर्न सक्छु तर फूटबलर हुन कहिले छोड़ने छुइनँ। जुआन माटाले आफ्नो फूटबल करियरको शुरुवात रियल म्याड्रिडको युवा टोलीबाट गरेका थिए। त्यसपछि उनी भेलेन्सियामा सामेल भए, जहाँ उनले असाधारण अटेकिंग मीडफिल्डरको रूपमा आफ्नो पहिचान बनाए। उनले २००८-मा भेलेन्सियाको साथमा कोपा डेल रे-को खिताब जिते। साल २०११-मा माटा ईंग्लिश प्रीमियर लीग क्लब चेल्सीमा सामेल भए। स्टामफोर्ड ब्रीजमा उनको प्रदर्शन असाधारण रह्यो। उनी २०१२-मा चेल्सीको ऐतिहासिक यूईएफए च्याम्पियन्स लीग खिताब जित्ने टोलीको हिस्सा बने। फाइनलमा चेल्सीले जर्मनीको क्लब बायर्न म्यूनिखलाई पराजित गरी पहिलोपल्ट खिताब जितेको थियो। यसबाहेक माटाले चेल्सीको साथमा २०१२-मा एफए कप र २०१३-मा यूईएफए यूरोपा लीगको खिताब पनि जिते। जनवरी २०१४-मा माटा चेल्सीलाई छोड़ेर म्यानचेष्टर युनाइटेडमा सामेल भएका थिए। उनी लगभग साढ़े आठ सालसम्म यस क्लबको हिस्सा रहे। यस अवधि उनले टोलीको निम्ति जम्मा २८५ वटा म्याच खेलेर ४ वटा ट्रफी जित्नमा योगदान दिए। माटाको खातामा म्यानचेष्टर युनाइटेडसँग २०१६-को एफए कप, २०१७-को यूरोपा लीग, लीग कप र कम्युनिटी शील्डको खिताब सामेल छ। ईंग्ल्याण्डबाट बिदा लिएपछि उनी तुर्कीको क्लब गालातासरायको हिस्सा बने। उनले २०२२-२३ सीजनमा क्लबलाई लीग च्याम्पियन बनाउनमा महत्त्वपूर्ण योगदान दिए। त्यसपछि उनी जापानको क्लब विसेल कोबेमा सामेल भए अनि २०२३-मा जे-लीगको खिताब जित्ने टोलीको हिस्सा रहे। अन्तर्राष्ट्रिय फूटबलमा पनि माटाको करियर यादगार रह्यो। उनी स्पेनको त्यस स्वर्णिम पीढ़ीको हिस्सा थिए, जसले २००८-देखि २०१२-बीच विश्व फूटबलमा वर्चस्व कायम गरेको थियो। माटाले स्पेनको निम्ति ४१ वटा अन्तर्राष्ट्रिय म्याच खेलेर १० गोल गरे। उनी २००८ र २०१२-मा यूरोपियन च्याम्पियनशीप जित्ने टोलीको हिस्सा रहे। यसबाहेक २०१०-मा दक्षिण अफ्रिकामा आयोजित फिफा विश्व कपको खिताब जित्ने स्पेनिश टोलीमा पनि सामेल थिए। यूरो २०१२-को फाइनलमा इटलीविरुद्ध स्पेनको ४-०-ले जीतमा माटाले चौथो गोल गरेका थिए। माटाको पेशादार करियरको अन्तिम क्लब मेलबर्न भिक्ट्री रह्यो। उनी सेप्टेम्बर २०२५-मा यस क्लबमा सामेल भएका थिए। २०२५-२६ सीजनमा उनले असाधारण प्रदर्शन गर्दै २४ वटा म्याचमा ५ गोल गर्नको साथै १३ वटा असिस्ट गरेका थिए। उनलाई यस प्रदर्शनको निम्ति अष्ट्रेलियाई लीगको प्रतिष्ठित जनी वारेन मेडल दिइएको थियो। यो पुरस्कार लीगका सर्वश्रेष्ठ खेलाड़ीलाई दिइन्छ। यसबाहेक उनलाई प्रतियोगिताका सर्वश्रेष्ठ प्लेमेकरको सम्मान पनि प्राप्त भएको थियो।





