३१ अक्टोबरः घूम जोरबंग्लो भेटरन्सको तत्त्वावधानमा आयोजित दीपक गजमेर स्मृति भेटरन (४० वर्षभन्दा माथि) फूटबल टुर्नामेण्टमा युनाइटेड ब्रदर्स भेटरन्सले जीत हासिल गऱ्यो। स्थानीय घूम बोइज हायर सेकेण्डरी स्कूल खेल मैदानमा सोमवार भएको म्याचमा युनाइटेड ब्रदर्स भेटरन्सले रंगारुन भेटरन्सलाई ६-२-ले पराजित गऱ्यो। विजेता टीमबाट पी गिरीले ह्याट्रिक गरे। यसबाहेक प्रेमदेन तामाङले २ र डेछेन भूटियाले १ गोल गरे। यसरी नै रंगारुन भेटरन्सबाट प्रीतम साहा र टासी भूटियाले गोल गरे। रंगारुन भेटरन्सका प्रीतम साहालाई प्लेयर अव् द म्याच चयन गरियो। यसअघि पहिलो म्याचमा रकवूड भेटरन्सको टीम नाउँदा लेबोंग भेटरन्सले वक्ओभर पाएर दोस्रो राउण्डमा स्थान बनायो। यस भेटरन्स टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २५ दिसम्बरमा खेलिनेछ।










