हाम्रो पार्टी कार्यलयमा समर्थकहरूको घुइचो

IMG-20221031-WA0225.jpg

प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीको बारेमा जनताले लिनेछ निर्णय: अजय एवार्डस

दार्जीलिङ: प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीको बारेमा जनताले नै निर्णय लिनेछ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पूनः दोहोराएको छ। जीटीए सभाको चूनावमा हाम्रो पार्टीले जीटीएको ४५ वटा आसनहरूमा उम्मेद्वार खडा गरेका थिए,जसमा आठवटा आसनहरूमा जीत हासिल गरेर हाम्रो पार्टीले जीटीए सभामा दरिलो विपक्षीको स्थान लिएका छन। घूम जोरबंगला समष्टिबाट निर्वाचित हाम्रो पार्टीको सभासद प्रमोस्कर ब्लोन र पूल विजनबारी समष्टिबाट निर्वाचित भूपेन्द्र छेत्रीले पार्टी विरूद्व षडयन्त्र गरेर पार्टीलाई क्षति पूराउँने कार्य गरेको खण्डमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले केन्द्रीय नेतृत्वहरूसंग सरसल्ला गरेर फेसबुक पेजबाट यी दुई सभासदहरूलाई बधाईको साथ साथै विदाई दिएका थिए। पार्टी अध्यक्ष अजय एडवार्डसको यस्तो घोषणापछि घूम जोरबंगाल समष्टि अनि पूल विजनबारी समष्टिको पार्टी कार्यकर्ता एंव समर्थकहरू पार्टी केन्द्रीय अध्यक्षसंग भेट गर्न आई रहेका छन। यसैक्रममा आज पनि घूम जोरबंगाल समष्टि र पूल बजार विजनबारी समष्टिको पार्टी कार्यकर्ता एंव समर्थकहरू पार्टी अध्यक्ष अजय एडवार्डससंग भेट गर्न घुइचो लागेको थियो।विहान साँढे ९ बजीदेखि साँझ ५ बजीसम्म पार्टी कार्यकर्ता एंव समर्थकहरूले पार्टी अध्यक्ष अजय एडवार्डससंग भेट गरेर भावी कार्यक्रमहरू माथि गहन चर्चा परिचर्चा गरयो।यसै संदर्भमा पार्टी अध्यक्ष अजय एडवार्डसले प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीको विषयमाथि जनताले नै निर्णय लिनेछ भन्ने बताए। जीटीए सभाको चूनावमा प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीले जो मत प्राप्त गरेर सभासद निर्वाचित भए का थियो अनि त्यो मत उनीहरूको अनुहार हेरेर मतदाताहरूले मतदान गरेर थिएनन। हाम्रो पार्टीले जनता को राजको जो संकल्प गरेर थिए।त्यसलाई हेरेर मतदाताहरूले आफ्नो बहुमूल्य मत प्रदान गरेका थिए। दार्जीलिङ पार्वतीय क्षेत्रमा ३५, ४० बर्षपछि गणतन्त्रको आगमण भएको थियो। यस भन्दा अधि पहाडमा एक छत्र शासन रहेको थियो।हाम्रो पार्टीले पहाडमा गणतन्त्रको स्थापना हुन पर्छ, भष्ट्रचार मुक्त पहाड हुन पर्छ, पहाडमा जनताको राज ल्याउँनु पर्छ भन्ने संकल्प लिएर चूनावी मैदानमा ओर्लिएका थिए, हाम्रो पार्टीको संकल्पलाई हेरेर नै पहाडको मतदाताहरूले जीटीए सभामा दरिलो विपक्षी खडा गरेको हो अध्यक्ष एडवार्डसले भने। जीटीए सभाको पहिलो सभामा विपक्षी सभासदहरूले जनताको पक्षमा इमान्दारिता पूर्वक आवाज उठाएका थिए,जसको कारणले गर्दा सत्ता पक्ष भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई काठधरमा खडा गरेका थिए।विपक्षीहरूको यस्तो इमान्दारिता देखेर पैसा, क्षमता, चैकी आदि जस्ता विषयहरूको प्रलोभन देखेर विपक्षीहरूको आवाजलाई दबाउने काम गर्दैछ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बताए।

तिनले स्पष्ट शब्दमा भने हामी जनताको आवाज उठाउँन आएका हौ, त्यसकारण हामी एकै जना भए पनि जनताको आवाजलाई इमान्दारिता पूर्वक उठाई रहनेछौ अध्यक्ष एडवार्डसले भने। जीटीए सभाको चूनावमा खडा हुने हाम्रो पार्टीको उम्मेद्वारहरू ने सपथ नामा पत्रमा अधिबाटै मतदाताहरूको मतसंग खेलाइची नगर्ने साथै पार्टीसंग आफ्नो इमान्दारिता यथवत राख्ने लिखित वाचा गरेको अध्यक्ष एडवार्डसले भने।तिनले अझ भने यसको साथ साथै जीटीए एक्र्टमा पनि यस्ता सभासदहरू विरूद्व कार्यवाहीको प्रवाधान रहेको अध्यक्ष एडवार्डसले बताउँदै यी सवै विषयहरूमाथि जनताले नै निर्णय लिनेछ भन्ने अध्यक्ष एडवार्डसले पूनः दोहोराए।

About Author

Advertisement