सुनको मूल्यमा गिरावट

IMG-20261115-WA0073(1)

झापा: आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको छ। तिहारपछि सुनको मूल्य प्रतितोला कुल १४ हजार १०० रुपैयाँले घटिसकेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ निर्धारण गरेको छ।
यसअघि शुक्रबार सुनको कारोबार प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँका दरले भएको थियो। तिहारअघि अर्थात् गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ थियो। सोमबारपछि शुक्रबार मात्रै नेपाली बजारमा सुनको मूल्य समायोजन गरिएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि आज प्रतितोला १०० रुपैयाँले गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर ३ हजार ६०० रुपैयाँमा झरेको छ।
तिहारपछि चाँदीको मूल्य प्रतितोला २५५ रुपैयाँले घटेको छ। गत सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८५५ रुपैयाँ थियो।

About Author

Advertisement