इण्डियन वेल्स: प्रतिष्ठित डब्ल्यूटीए फाइनल्स टेनिस प्रतियोगितामा एलिना स्वितोलिनाले असाधारण प्रदर्शन गर्दै विश्वकी शीर्ष खेलाड़ीहरूमा सामेल आर्यना सबालेंकालाई ३ सेटमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरिन्। यसरी अमेरिकाकी युवा नक्षत्र कोको गौफको अभियानमा चाहिँ विराम लाग्यो। दुईवटा म्याच जिते पनि सेट प्रतिशतको आधारमा गौफ सेमिफाइनलमा प्रवेश गर्नदेखि चुकिन्। यसरी मिरा एण्ड्रीवाले पनि जीत हासिल गरी सेमिफाइनलमा प्रवेश गरिन्। युक्रेनकी अनुभवी खेलाड़ी स्वितोलिनाले बेलारुसकी सबालेंकालाई ६-३, ३-६, ६-१-ले पराजित गरिन्। स्वितोलिनाले चौथो म्याच पोइण्टमा म्याच आफ्नो नाम गरिन्। यो उनको सबालेंकाविरुद्ध ६ सालमा पहिलो जीत हो। यी दुई खेलाड़ीबीच अहिलेसम्म भएको ८ वटा म्याचमा यो स्वितोलिनाको केवल दोस्रो जीत हो। गत सालकी उपविजेता सबालेंकाले निर्णायक सेटमा आफ्नो लयलाई कायम राख्न सकिनन्। यसको विपरीत युक्रेनकी खेलाड़ीले दोस्रो सेट गुमाएपछि निर्णायक सेटमा असाधारण पुनरागमन गर्दै प्रतिद्वन्द्वीलाई अधिक मौका दिइनन्। म्याचको अवधि सबालेंकालाई धेरैपल्ट आफैसँग कुरा गरिरहेको देखियो अनि म्याच हारेपछि उनले कोर्टमा आफ्नो निराशा देखाइन्। उनले शीर हल्लाएर अनि इशाराको माध्यमले निराशा व्यक्त गरिन्। हारपछि उदास देखिएकी सबालेंकाले मीडियासँग पनि कुराकानी गरिनन्। अब सेमिफाइनलमा स्वितोलिनाको भिड़न्त विम्बल्डन च्याम्पियन लिण्डा नोस्कोवासँग हुनेछ। चार साल अघि आमा बनेपछि खेलमा पुनरागमन गर्दै उनले आफ्नो पहिचान बनाएकी छन्। स्वितोलिनाले भनिन्, मेरो छोरीले मलाई च्याम्पियन बनेको देख्न सकोस् भन्ने म चाहन्छु। यसबीच अमेरिकी खेलाड़ी गौफ चाहिँ सेमिफाइनलमा स्थान बनाउनदेखि सामान्यले गर्दा चुकिन्। उनले आफ्नो ३ वटा राउण्ड रबिन म्याचमा २ वटा जितेकी थिइन्। लिण्डा नोस्कोवा र जेसिका पेगुलाले पनि २-२ वटा म्याच जितेकी हुनाले फसेला सेट प्रतिशतद्वारा गरियो। पेगुलाभन्दा एउटा सेट कम्ती जितेकी हुनाले गौफले टुर्नामेण्टबाट बिदा लिनु पऱ्यो। यसरी रुसकी युवा खेलाड़ी मीरा एण्ड्रीवाले डायना श्नाइडरविरुद्ध ६-२, ६-१-ले जीतको साथ सेमिफाइनलमा प्रवेश गरिन्।





