सिक्किममा भारी हिमपात र चिसोबाट फसेका नौ सयभन्दा बढी पर्यटक र स्थानीयको उद्धार

Screenshot_20261113_184013_Instagram

​गान्तोक: पूर्व सिक्किमका उच्च हिमाली क्षेत्रमा भएको भारी हिमपात र अत्यधिक चिसोका कारण अलपत्र परेका नौ सयभन्दा बढी स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई भारतीय सेनाको त्रिशक्ति कोरका जवानहरूले सकुशल उद्धार गरेका छन्।
​त्रिशक्ति कोरले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भारी हिमपात र अत्यधिक चिसोका कारण बाटोमै फसेका पर्यटकका दुई सय पचासभन्दा बढीसहित तीन सयभन्दा बढी सवारीसाधनलाई पनि सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।
​उद्धार गरिएका ती नागरिकहरूलाई भारतीय सेनाका विभिन्न शिविरहरूमा राखेर आवश्यक चिकित्सकीय सहायता, न्यानो आश्रयस्थल तथा भोजनको प्रबन्ध मिलाइएको थियो।
​भारतीय सेनाको यस मानवीय कार्यले सेना र आम नागरिकबीचको आत्मीय सम्बन्ध तथा नागरिकहरूको सुरक्षाप्रति सेनाको अटल प्रतिबद्धतालाई फेरि एकपटक झल्काएको छ।

About Author

Advertisement