युकेएफसीका खेलाड़ीहरूलाई बोनस वितरण

120e3539-9702-4c17-a1a7-19dacece0155

खरसाङ: पहाडको फुटबल इतिहासमा लामो समयदेखि ख्याति कमाएर आइरहेको एकमात्र फुटबल संस्था युनाइटेड खरसाङ फुटबल क्लब युकेएफसीको नाम केवल पहाडी क्षेत्रमा मात्र होइन छिमेकी देशहरूमा पनि त्यति नै ख्यातिप्राप्त संस्था हुुन्। युवाहरूलाई फुटबल खेल प्रशिक्षण मात्र होइन वर्तमान युवाहरूलाई शारीरिक , मानसिकरूपमा स्वास्थ्य राख्न तथा वर्तमान सामाजिक सञ्जालको नकारात्मक प्रभाव र मदपान, नशालु पर्दाथदेखि टाढा राखेर युवाहरूलाई नयाँ दिशा र मार्गदर्शन पनि दिँदै आइरहेको छ। युनाइटेड खरसाङ फुटबल क्लब ( युकेएफसी) ले क्षेत्रका युवाहरूलाई केवल फुटबल प्रशिक्षण दिने मात्र नभएर उनीहरूलाई दार्जीलिङ जिल्ला तथा जिल्लादेखि बाहिर र देशदेखि बाहिर सम्पन्न हुने फुटबल खेल प्रतियोगिताहरूमा सामेल गराउने अवसर प्रदान गर्छ। साथै आजसम्मको इतिहासमा कैयौं खेलहरूको जित पनि दर्ता गरेर यस संस्थाको नाम र खेलाडीहरूका सम्मानलाई उच्च बनाएका छन् । युनाइटेड खरसाङ फुटबल क्लब ( युकेएफसी) ले युवाहरूलाई केवल फुटबल प्रशिक्षण दिने मात्र नगरेर उनीहरूलाई वेतन र वार्षिक बोनस पनि दिने गरेको छ। जसले युवाहरू खेलप्रति रूचि राख्न मात्र होइन उनीहरूलाई आर्थिकरूपमा सहयोग र उत्साह पनि प्रदान गर्ने गरेकोले पनि युनाइटेड खरसाङ फुटबल क्लब ( युकेएफसी) को स्थान पहाडको अन्य फुटबल संघसंस्था भन्दा अलग छ। यसै सन्दर्भमा क्लबले यसपालीको दिपावलीको अवसरमा खेलाड़ीहरूलाई बोनस वितरण गरिएको छ। प्रत्येक वर्ष जस्तै यसपाली पनि खेलाड़ीहरूलाई क्लबद्वारा बोनस वितरण गरिएको छ। यस अवसरमा क्लबका सभापति क्यानट लेप्चा, संयुक्त सचिव गोपाल छेत्री, कोषाध्यक्ष उज्ज्वल लामा, टीम म्यानेजर मेगराज छेत्री र कोच उर्गेन लामाको उपस्थिति रहेको थियो। युनाईटेड खरसाङ फुटबल क्लबका कप्तान राज राउत लगायत बिरेन प्रधान र अन्य सबै खेलाड़ीहरूलाई बोनस राशि वितरण गरिएको छ जानकारी प्राप्त भएको छ।

About Author

Advertisement