मिरिक: पहिलो हरिप्रसाद ‘गोर्खा’ राई युवा साहित्य सम्मान २०२६ मिरिकका युवा स्रष्टा अजित वियोगीलाई प्रदान गरिने भएको छ। चौतारी सामाजिक संस्था असमले यस वर्षदेखि हरिप्रसाद ‘गोर्खा’ राई साहित्यिक सम्मान गर्ने घोषणा गरेको छ भने पुरस्कारको विभिन्न श्रेणीमध्ये पहिलो हरिप्रसाद ‘गोर्खा’ राई युवा सम्मान मिरिकका अजित विश्व ‘वियोगी’लाई प्रदान गरिने संस्थाले एक प्रेस भिडियो जारी गर्दै बताएको छ। पश्चिम बंगालको दार्जिलिङ जिल्ला अन्तर्गत मिरिक महकुमाको मिलिकथुङ चियाबारी निवासी अजित विश्व ‘वियोगी’लाई उनको पहिलो कविता सङ्ग्रह “यथार्थभित्र गाउँ” (२०१७) लाई हरिप्रसाद ‘गोर्खा’ राई युवा साहित्य सम्मान २०२६ का लागि चयन गरिएको छ। नेपाली साहित्य र कवितामा उनको सृजनशीलता र योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिएको हो।
उक्त सम्मान उनलाई १४ नोभेम्बर २०२६, बिहान ११ बजे, पान बजारको इन्स्टिट्युसन अफ इञ्जिनियर्स प्रेक्षागृह, गुवाहाटीमा आयोजना हुने हरिप्रसाद ‘गोर्खा’ राई साहित्य सम्मान समारोहमा प्रदान गरिने भएको छ।





