महिला सुरक्षाकर्मीको सेवाप्रति सम्मान
सिলगढी: आईपीएस् अफिसर्स वाइभ्स वेलफेयर एशोसिएशनको कल्याणकारी पहलअन्तर्गत सिলगढी पुलिस कमिग्नेरेटका लेडी होम गार्डहरूलाई कम्बल वितरण गरिएको छ।
सिলगढी पुलिस कमिग्नेरेटका पुलिस कमिश्नर श्री सैयद वाकार राजा (आईपीएस), डिपुटी कमिश्नर अफ पुलिस (पश्चिम) श्रीमती चारु शर्मा (आईपीएस) तथा एडिसनल डिपुटी कमिश्नर अफ पुलिस (एस.बी) श्रीमती मौमिता कर्मकारको बाहुलीबाट उक्त कम्बलहरू वितरण गरिएको हो।
लेडी होम गार्डहरूको निष्ठावान् सेवा, कर्तव्यनिष्ठा र प्रतिबद्धताप्रति कदर गर्दै यो पहलले उनीहरूप्रति आत्मीयता, समवेदना र कृतज्ञताको भाव झल्काएको छ।





