सिलगढी: दार्जिलिङका सांसद राजु विष्टले सिलगढीस्थित मिलनमोड फुटबल मैदानको अवलोकन गर्नुभएको छ। आगामी नोभेम्बर १३ देखि १५ तारिखसम्म सञ्चालन हुने “एमपी देउसी-भैलो महोत्सव २०२५६” को तयारीको निरीक्षणका क्रममा उहाँले उक्त क्षेत्रको भ्रमण गर्नुभएको हो।
भ्रमणका दौरान सांसद विष्टले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउनका लागि अहोरात्र खटिएका सम्पूर्ण मेहनती स्वयंसेवक तथा कार्यकर्ताहरूप्रति विशेष आभार तथा कृतज्ञता व्यक्त गर्नुभएको छ। साथै, उहाँले उक्त महोत्सवमा उपस्थित हुन सबैलाई आग्रह गर्नुभएको छ।





