सिलगढीमा उत्साहका साथ देउसी-भैलो कार्यक्रम सम्पन्न

FB_IMG_1794322602061

सांसद विष्टद्वारा आभार व्यक्त

​सिलगढी: भारतीय जनता पार्टी (भाजपा) सिलगढी जिल्ला समितिका सम्पूर्ण सदस्यहरूले तिहारको अवसरमा देउसी-भैलो कार्यक्रम सम्पन्न गरेका छन्।
​कार्यक्रमका क्रममा सिलिगुडी भाजपा जिल्ला समितिका सदस्य तथा अतिथिहरूले आफ्नो अमूल्य समय निकालेर घरमै उपस्थित भई देउसी-भैलो खेलेकोमा सांसद राजु विष्टले खुसी व्यक्त गर्नुभएको छ। साथै, शुभेच्छुक तथा शुभकामना लिएर उपस्थित हुनुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी र अतिथिजनालाई उहाँले हृदयदेखि नै धन्यवाद ज्ञापन गर्नुभएको छ।
​यस उत्सवका अवसरमा माता लक्ष्मी र भगवान्‌को कृपा सबैमाथि सदैव रहोस् तथा सबैको घरपरिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसी छाइरहोस् भनी उहाँले शुभकामना व्यक्त गर्नुभएको छ। आफ्नो माया, आशिर्वाद र आत्मीयताले यस देउसी-भैलो उत्सवलाई अझ विशेष बनाइदिएको भन्दै उहाँले सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ।

About Author

Advertisement