तेस्रो वनडेपछि कोटक र मोर्कल टेस्ट सीरीजको तयारी गर्न अलग हुने

IMG-20261109-WA0068

हेमिल्टन: भारतीय क्रिकेट टोलीको कोचिंग स्टाफमा न्यूजील्याण्डविरुद्ध तेस्रो वनडे म्याचपछि बद्लाउ देखिनेछ। ब्याटिंग प्रशिक्षक सितांशु कोटक र बलिंग प्रशिक्षक मोर्ने मोर्कल वनडे टोली छोड़ेर टेस्ट सीरीजको तयारीमा जुट्नेछन्। यसरी मुख्य प्रशिक्षक गौतम गम्भीर र स्पिन बलिंग प्रशिक्षक साईराज बहुतुले चाहिँ वनडे टोलीसँग कायम रहनेछन्। भारत र न्यूजील्याण्डबीच ५ वटा वनडे म्याचको सीरीज १५ नोभेम्बरमा समाप्त हुनेछ। त्यसको ठीक ४ दिनपछि १९ नोभेम्बरदेखि भारत र न्यूजील्याण्डबीच २ वटा टेस्ट म्याचको सीरीज शुरु हुनेछ। यसैकारण भारतीय टोलीले सीमित ओभरहरूका सीरीजको साथ-साथ टेस्ट सीरीजको तयारी पनि गरिरहेको छ। टेस्ट सीरीज अघि भारत ए र न्यूजील्याण्ड ए-बीच ३ वटा म्याच खेलिँदैछ। भारतीय ए टोलीको जिम्मेवारी अहिले रिषिकेश कानितकरले सम्हालिरहेका छन्। अब टेस्ट सीरीजको तयारीको निम्ति कोटक र मोर्कल पनि उनीसँग सामेल हुनेछन्। यसरी गम्भीर र बहुतुलेले वनडे टोलीसँग अन्तिम २ वटा म्याचको जिम्मेवारी सम्हाल्नेछन्। कोटकले सोमवार हेमिल्टनमा पत्रकार सम्मेलनको अवधि कोचिंग स्टाफमा सम्भावित योजनाबारे बताए। यस सम्बन्धी अन्तिम फसेला गम्भीरले नै लिने पनि उनले स्पष्ट गरे। टेस्ट सीरीजको तयारीको निम्ति भारतीय वनडे टोलीका ३ जना पेस बलर न्यूजील्याण्डमै बस्न सक्छन्। गुरनुर बरार, आकिब नबी र अर्शदीप सिंह टेस्ट टोलीसँग नेट बलर र रिजर्व विकल्पको रूपमा जोड़िन सक्छन्। यसरी टेस्ट टोलीका धेरैजना खेलाड़ी अन्तिम २ वटा वनडे म्याचको हिस्सा हुनेछैनन्। यसमा शुभमन गिल, केएल राहुल, मोहम्मद सिराज, अंशुल कम्बोज र कुलदीप यादव सामेल छन्। यी खेलाड़ीहरू टेस्ट सीरीज अघि वेलिंगटनमा हुने शिविरमा सामेल हुनेछन्। न्यूजील्याण्डविरुद्ध २ वटा टेस्ट म्याचको सीरीज भारतीय टोलीको निम्ति निक्कै महत्त्वपूर्ण छ।

About Author

Advertisement