अष्ट्रेलियाई टेस्ट टोलीमा स्थान गुमाए लाबुशेनले, बेलीको पुष्टि

IMG-20261109-WA0055

सिडनी: अष्ट्रेलियाले न्यूजील्याण्डविरुद्ध ४ वटा टेस्ट म्याचको घरेलु टेस्ट सीरीजको निम्ति अनुभवी मार्नस लाबुशेनलाई टोलीबाट बाहिर गर्ने फसेला गरेको छ। मुख्य चयनकर्ता जर्ज बेलीले सोमवार यस खबरको पुष्टि गरे। उनले ३२ वर्षीय ब्याटरलाई न्यूजील्याण्डविरुद्ध टेस्ट सीरीजको निम्ति चयनमा विचार नगरिने स्पष्ट गरेका छन्। लाबुशेनको स्थानमा अब तेस्रो स्थानमा कुन ब्याटरले खेल्नेछन् भन्ने चर्चा तेज भएको छ। अष्ट्रेलियाई सीनियर चयन समितिका अध्यक्ष जर्ज बेलीले भने, अहिले त हामी निश्चित रूपले पहिलो टेस्ट म्याचको निम्ति मार्नसको चयनमाथि विचार गर्नेछैनौं। टोलीको घोषणा चाँड़ै गरिनेछ। टोलीमा उनको स्थान कसले लिनेछन् भन्ने चर्चा तेज भएको छ। मेरो विचारमा यस फसेलाले उनलाई सामान्य समय प्राप्त हुनेछ अनि शेफील्ड शील्ड क्रिकेटमा आउँदो चरण अघि यस चर्चामाथि विराम लाग्नेछ। उल्लेखनीय छ, न्यूजील्याण्डविरुद्ध पहिलो टेस्ट म्याचको निम्ति टोलीको घोषणा शेफील्ड शीर्षको अघिल्लो राउण्डका म्याचहरू पछि गरिनेछ। चयनकर्ताहरूले बताएअनुसार, अन्तिम टोलीमा १४ जना खेलाड़ी सामेल हुनसक्छन्। लाबुशेन लगातार खराब प्रदर्शनले गर्दा टोलीबाट बाहिर भइरहेका छन्। उनले अफ्रिका यात्रामा ४ वटा ईनिंग्समा शून्य, ४, १४, ३९, ३७ र ३७ रन बनाएका थिए। उनले २०२३ एशेज सीरीजपछि टेस्ट क्रिकेटमा एउटा पनि शतक बनाउन सकेका छैनन्। गत एशेज सीरीजको अवधि टोलीमा फर्किएपछि उनले १० वटा टेस्ट म्याचमा केवल २३.६६-को औसतले रन बनाएका छन्। यसरी १६ वटा ईनिंग्समा केवल एउटा अर्द्धशतक बनाएका छन्। यो त्यस स्टार ब्याटरको प्रदर्शनमा आएको ह्रास हो, जसले आफ्नो शुरुवाती ३३ वटा टेस्ट म्याचमा ५९.४३-को औसतले १० वटा शतक बनाएका थिए। एक समय लाबुशेन विश्वका नम्बर १ ब्याटर पनि रहेका थिए तर गत केही समयदेखि उनले आफ्नो क्षमतासँग न्याय गर्न सकेका छैनन्। अब लाबुशेन बाहिर भएपछि अष्ट्रेलियाको ब्याटिंग क्रममा तेस्रो स्थान खाली भएको छ। यस क्रममा स्टीभ स्मिथ ब्याटिंग गर्न ओर्लिने सम्भावना छ तर उनले पहिलो उनले फिटनेस टेस्ट पास गर्नु पर्नेछ। गर्दनको चोटले गर्दा स्मिथले दक्षिण अफ्रिकाविरुद्ध सीरीजमा हिस्सा लिन सकेका थिएनन्। अब फिटनेस टेस्ट पास गरे उनले २२ नोभेम्बरदेखि क्वीन्सल्याण्डविरुद्ध शेफील्ड शील्डको म्याच खेल्न सक्नेछन्। मुख्य चयनकर्ता बेलीले लाबुशेनको निम्ति आउँदो साल हुने भारत र ईंग्ल्याण्ड यात्राको दैलो बन्द नभएको पनि स्पष्ट गरेका छन्। उनले भने, यसको सम्भावना कायम छ। मार्नस आफ्नो सर्वश्रेष्ठ प्रदर्शनको अवधि कति असल र प्रभावशाली ब्याटर हुन सक्छन् भन्ने हामी सबैलाई थाहा छ तर अहिले उनी संघर्ष गरिरहेका छन्। उनी (लाबुशेन) व्यावहारिक सोच राख्ने व्यक्ति हुन् अनि शीर्ष ६-मा खेल्ने ब्याटरको मूल काम नै रन बनाउनु हो भन्ने कुरा उनलाई थाहा छ। अहिले उनी लयमा छैनन् तर टोलीमा उनको निम्ति दैलो बन्द भएको छैन। उल्लेखनीय छ, लाबुशेनले अब शेफील्ड शील्डमा क्वीन्सल्याण्डको कप्तानी गर्नेछन्।

About Author

Advertisement