सिलगढी: दार्जीलिंगका सांसद राजु बिष्टले सिलगढीस्थित मिलन मोड फुटबल मैदानको भ्रमण गरी आगामी ‘सांसद देउसी-भैलो महोत्सव २०२६’ को तयारी तथा व्यवस्थापनको निरीक्षण गरेका छन्। सो क्रममा उनले महोत्सव समन्वय टोलीका सदस्यहरूसँग विशेष बैठक पनि बसेका छन्।
सांसद बिष्टले यस कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन अहोरात्र खटिरहेका सबै स्वयंसेवकहरू तथा मिलन मोड व्यवसायी समितिका सदस्यहरूको प्रशंसा गरेका छन्।
देउसी-भैलो एकताको प्रतीक भएको उल्लेख गर्दै उनले नोभेम्बर १३ देखि नोभेम्बर १५, २०२६ सम्म आयोजना हुने यस ‘सांसद देउसी-भैलो महोत्सव २०२६’ लाई सफल बनाउन भइरहेको संयुक्त प्रयास र समर्पणको सराहना गरे।





