नयाँ दिल्ली: दिग्गज फूटबलर क्रिष्टियानो रोनाल्डोले पोर्तुगल फूटबल महासंघ (एफए)-सँगको विवादपछि अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्। यसको साथै उनले २३४ वटा म्याचमा १४६ गोल गरेर आफ्नो यादगार अन्तर्राष्ट्रिय करियरको अन्त गरेका छन्। अन्तर्राष्ट्रिय फूटबलमा उनको नाममा सर्वाधिक अन्तर्राष्ट्रिय म्याच खेल्ने अनि गोल गर्ने दुवै रेकर्ड रहेको छ। पाँचपल्टका बालोन डी’ओर विजेता रोनाल्डोले २००३ मा अन्तर्राष्ट्रिय फूटबलमा पदार्पण गरेका थिए। उनले पोर्तुगलको साथमा २०१६ को यूरोपेली च्याम्पियनशीप (यूरो कप) जित्नुको साथै दुईपल्ट नेशन्स लीगको खिताब पनि जितेका छन्। रोनाल्डोले बिहीवार आफ्नो सोशल मीडियाका विभिन्न एकाउण्टको माध्यमले सन्न्यासको घोषणा गरे। उनले भने, हाम्रो राष्ट्रिय टोलीको ७ नम्बर जर्सी फिर्ता गर्ने दिन फेरि आएको छ। यो जर्सी केवल मेरो मात्र हो भन्ने मैले कहिल्यै महसुस गरिनँ। यसबीच २३ वर्षसम्म यसलाई लगाउने, यसको रक्षा गर्ने र विश्वभरिका विभिन्न स्टेडियमहरूमा यसलाई आफूसँगै लिएर जाने सौभाग्य र जिम्मेवारी मैले प्राप्त गरेँ।आज यसलाई भविष्यको पीढ़िलाई सुम्पिने समय आएको छ। यो कुनै सजिलो निर्णय थिएन किनकि केही निर्णयहरू केवल दिमागले मात्र लिइँदैनन्। ती निर्णयहरू हृदयसँग पनि जोड़िएका हुन्छन्।
रोनाल्डोले अझ भनेका छन्, २००३ को अगस्तमा शुरू भएको अनि मेरो जीवनलाई सँधैका लागि परिवर्तन गरिदिएको यात्रा अब समाप्त भएको छ। राष्ट्रिय टोलीसँग बिताएका ती सबै क्षणहरूलाई फर्केर हेर्दा म केवल म्याच, गोल, कीर्तिमान र ट्रफीहरू मात्र देख्दिनँ। म मानिसहरूलाई देख्छु। विदेशमा बसोबास गर्ने ती पोर्तुगीच नागरिकहरूलाई देख्छु, जसले ९० मिनटसम्म आफूलाई घरको अलि नजिक महसुस गरे। म ती लाखौं पोर्तुगीच नागरिकहरूलाई देख्छु, जसलाई मैले कहिल्यै भेटेको छुइनँ तर उनीहरू मेरो जीवनको हिस्सा बने कारण फूटबल एउटा खेलभन्दा धेरै ठूलो कुरा हो। फूटबल मानिसहरूसँग जोड़िएको खेल हो। राष्ट्रिय टोलीको साथ आफ्नो सम्पूर्ण करियरमा मैले सँधै आफ्नो क्षमताको सीमाभन्दा अघि बढ़ेर प्रदर्शन गर्ने प्रयास गरें। म जीत हासिल गर्न चाहन्थे, अझ राम्रो बन्न चाहन्थे र इतिहास रच्न चाहन्थे। मैले सँधै आफूबाट सबैभन्दा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरे। म सँधै अझ धेरै चाहन्थे। हामी अझ अघि बढ़्न सक्छौँ भन्ने विश्वास मैले सँधै राखे। यस जर्सीको लागि मसँग जे जति थियो, त्यो सबै समर्पित गरे। त्यहाँ केही यादगार दिन र रातहरू पनि थिए। केही यस्ता जीतहरू थिए, जसलाई म कहिल्यै भुल्न सक्दिनँ। त्यस्तै केही हारहरू पनि थिए, जसलाई सम्झँदा आज पनि पीड़ा हुन्छ। मैले गल्तीहरू गरें। मैले पीड़ा सहे। केही यस्ता क्षणहरू पनि आए, जब पोर्तुगीच जनताले मबाट जुन कुराको अत्याधिक अपेक्षा गरेका थिए, त्यो पूरा गर्न म असमर्थ भएँ तर मैले कहिल्यै हार मानिनँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, पोर्तुगलको प्रतिनिधित्व गर्न पाएकोमा गर्व गर्न मैले कहिल्यै छोड़िनँ। उल्लेखनीय छ, रोनाल्डोले पोर्तुगलका नयाँ मुख्य प्रशिक्षक जर्ज जीसससँग मतभेदपछि सन्न्यासको फसेला लिएका हुन्। यो पूरा विवाद गत अन्तर्राष्ट्रिय ब्रेकको समय अघि आएको थियो, जब ओस्लोमा नर्वेविरुद्ध नेशन्स लीगको म्याचमा पोर्तुगलले २-१-ले जीत दर्ता गरेको थियो तर रोनाल्डोलाई त्यस म्याचमा खेल्ने मौका दिइएको थिएन। त्यसपछि रोनाल्डोले रिसाएर पोर्तुगल टोलीको शिविर छोड़ेका थिए। त्यस घटनालाई केन्द्र गरेर पोर्तुगीच फूटबल महासंघले उनलाई निलम्बित गर्नको साथै जरिमाना पनि लगाएको थियो। रोनाल्डोले पछिबाट प्रशिक्षक जीससले उनलाई म्याचमा स्थानापन्न खेलाड़ीको रूपमा मैदानमा उतार्ने वाचा गरे पनि त्यसलाई पूरा नगरेको आरोप लगाएका थिए। अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरे पनि रोनाल्डोले क्लब स्तरमा सऊदी क्लब अल-नस्रबाट खेल्न जारी राख्नेछन्।





