सिलगढी: सिलगढी पुलिस कमिसरेटअन्तर्गतको माटिगाढा थानाको प्रहरी टोलीले १०५ किलो अवैध पटकासहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा माटिगाढा थानाका पुलिसले गत ०४.११.२०२६ का दिन थाना क्षेत्रको प्रमोधनगर कलोनी र माटिगाढा बजारमा छापा मारेको थियो। उक्त अभियानका क्रममा माटिगाढाको रामकृष्ण कलोनिका विवेक साह र प्रधाननगरको चम्पसारिका विकास साहलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट कुल १०५ किलो पटका बरामद गरिएको छ।
पुलिसले सोधपुछ गर्दा उनीहरूले पटका राख्न तथा बिक्री गर्न अनुमति दिने कुनै पनि किसिमको वैध लाइसेन्स वा कागजात पेस गर्न सकेनन्।
बरामद गरिएका पटकाहरू कानुनी प्रक्रिया पूरा गरी जफत गरिएको छ भने माटिगाढा थानामा कानुनका सुसङ्गत दफाअन्तर्गत छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।





