३१ अक्टोबरः आर्सनलले प्रीमियर लीग फूटबलमा गोलको वर्षा गर्दै फेरि शीर्ष स्थान हासिल गऱ्यो। आर्सनलको विपरीत म्यानचेष्टर युनाइटेडले चाहिँ जीतको निम्ति कठोर मेहनत गर्नु पऱ्यो। आर्सनलले आइतवार राति खेलिएको म्याचमा नटिंघम फरेस्ट विरुद्ध ५-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ७० प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले म्याचको दोस्रो हाफमा ४ गोलको साथ विपक्षी टीमको चुनौतीलाई माटोमा मिलायो। प्रीमियर लीगको जारी सीजनमा असाधारण फर्ममा रहने आर्सनलबाट रीस नेल्सनले ४९औं र ५२औं मिनटमा २ गोल गरे। यसबाहेक गेब्रियल मार्टिनेल्लीले पाँचौं, थोमस पार्टेले ५७औं र मार्टिन ओडेगार्डले ७८औं मिनटमा गोल गरे। यस जीतको साथै आर्सनल १२ वटा म्याचमा ३१ पोइण्टको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा पुग्यो। आर्सनलसँग अहिले दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीभन्दा २ पोइण्ट अधिक रहेको छ। यसरी नै नटिंघम फरेष्ट ९ पोइण्ट लिएर २० वटा टीमको टेबलमा फेदमा रहेको छ। यसबीच म्यानचेष्टर युनाइटेडले रोमाञ्चक म्याचमा वेष्ट ह्यामलाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर युनाइटेडले म्याचमा एकमात्र गोलको निम्ति पनि निक्कै मेहनत गर्नु पऱ्यो। अनुभवी मार्कस रासफोर्डले ३८औं मिनटमा गोल गरी युनाइटेडलाई जीत दिलाए। यस जीतपछि म्यानचेष्टर युनाइटेड १२ वटा म्याचमा २३ पोइण्टको साथ पाँचौं स्थानमा रहन पुग्यो। यसरी नै १३औं स्थानमा रहने वेष्ट ह्यामसँग १४ पोइण्ट रहेको छ।









