साइबर ठगी मुद्दामा पुलिसद्वारा थप एक बैंक अधिकारी पक्राउ

FB_IMG_1793706927172

​सिलगढी: प्रधाननगर थानामा दर्ता भएको साइबर ठगीको मुद्दामा पुलिसले थप एक जनालाई पक्राउ गरेको छ।
​इन्डसइन्ड बैंकका डेपुटी ब्रान्च म्यानेजरको पुलिस हिरासतका क्रममा प्राप्त बयान र डिजिटल प्रमाणका आधारमा गरिएको अनुसन्धानबाट बैंकको सेभेक रोड शाखाका सर्भिस डेलिभरी म्यानेजर ३७ वर्षीय विकास सूत्रधारको संलग्नता खुल्न आएको हो। सोही आधारमा गत नोभेम्बर २ तारिखको साँझ बैंक शाखाबाटै उनलाई पक्राउ गरिएको पुलिसले जनाएको छ।
​ठेगानाको पर्याप्त प्रमाणबिना नै अवैध रूपमा ‘म्यूल अकाउन्ट’ खोल्नमा उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ। यस सम्बन्धमा पुलिसको थप अनुसन्धान जारी रहेको छ।

About Author

Advertisement