सिलगढी: प्रधाननगर थानामा दर्ता भएको साइबर ठगीको मुद्दामा पुलिसले थप एक जनालाई पक्राउ गरेको छ।
इन्डसइन्ड बैंकका डेपुटी ब्रान्च म्यानेजरको पुलिस हिरासतका क्रममा प्राप्त बयान र डिजिटल प्रमाणका आधारमा गरिएको अनुसन्धानबाट बैंकको सेभेक रोड शाखाका सर्भिस डेलिभरी म्यानेजर ३७ वर्षीय विकास सूत्रधारको संलग्नता खुल्न आएको हो। सोही आधारमा गत नोभेम्बर २ तारिखको साँझ बैंक शाखाबाटै उनलाई पक्राउ गरिएको पुलिसले जनाएको छ।
ठेगानाको पर्याप्त प्रमाणबिना नै अवैध रूपमा ‘म्यूल अकाउन्ट’ खोल्नमा उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ। यस सम्बन्धमा पुलिसको थप अनुसन्धान जारी रहेको छ।





